बाटोमा नै हराउँछ स्वास्थ्य संस्थाको औषधी


सुमन मल्ल--------------
भदौ ६ मुगु ------------
मेरो छोरालाई ज्वरो आएको छ , एक टाटो सिटामोल भए दिनुस म तपाईलाई खान सक्ने जति छ्याङ्ग दिउला । डोल्फु गाविस वडा नम्बर ९ का कार्मा छोमेल लामाले भने । साउनको तेस्रो साता छायाँ नाथ तिर्थ यात्रा गर्न चिताई गाउँको बाटो भएर जाने मान्छेसंग चिताई गाउँका स्थानीयवासीले यसरी औषधी खोजि गरिरहेका थिए । डोल्फु गाउँमा स्वास्थ्य चौंकि छ , त्यता पुग्न चिताईबाट चार घण्टा लाग्छ तर स्वास्थ्यकर्मी नत स्वास्थ्य चौकि भेटिन्छन नत गाउँमा नै आउछन ,विरामी पर्दा ठुलो समस्या हुन्छ उनले भने ।
  जिल्ला स्वास्थ्य कार्यालय मुगुबाट ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुमा पठाउने औषधी सम्बन्धित स्वास्थ्य संस्थामा नपुगेर बिच बाटोमा नै हराउने गरेको पाईएको छ । एक जिल्लामा नै औषधी ढिलो आउने र आएको औषधी पनि ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुमा नपुग्दा ति क्षेत्रका सर्व साधारणले सामान्य रुगा खोकि लाग्दा समेत एक टाटो औषधी समेत पाउन नसकेको सर्व साधारणको गुनासो रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीका ईन्चार्ज तथा कार्यालय सहयोगिले औषधी बुझेर लिए पनि गाउँमा नपुगि बिचबाटोमा नै हराउने गरे पनि कार्यालयले केहि बोलेको छैन ।विशेष गरि जिल्लाको पुर्वी क्षेत्रका मुगु, डोल्फु, किम्री र पुलु गाविसमा रहेका स्वास्थ्य चौकीहरुमा औषधी र स्वास्थ्य कर्मी कहिले पनि नपुग्ने गरेको पाईएको हो ।
करान क्षेत्रका स्वास्थ्य संस्थामा गएको औषधी पुलु गाविसको पुलु र तिहार बगरबाटै हराउने गरेको छ । स्वास्थ्यकर्मी त्यहिसम्म आएर अरु मान्छेसंग गाउँमा औषधी दिनु भनेर पठाउदा रहेछन तर गाउँमा कहिल्य पनि औषधी पुग्दैन किम्री गाविस वडा नम्बर ७ चिताई गाउँकी महिला स्वास्थ्य स्वयम सेविका सोनाम छेजुम लामाले भनिन । करान भेकमा जन्मे देखि ९ महिना भित्रका बालबालिकालाई लगाउनु पर्ने डि.पि.टी, वि.सि.जी., पोलियो लगायतका ८ वटा खोप लगाउनु पर्ने भए पनि गएको पाँच महिना यता  एक पटक मात्र दिईएको उनले बताईन । महिला स्वास्थ्य स्वयम सेविकाले पाउनु पर्ने तालीम समेत पाएका छैनन करान भेकमा तर स्वास्थ्य चौकी ईन्चार्जले यस्ता सवै गतिविधी सफलता पुर्वक सम्पन्न गरेको बार्षिक प्रतिवेदन जिल्ला स्वास्थ्य कार्यालयमा बुझाउने गरेका छन । डोल्फु स्वास्थ्य चौकीका ईन्चार्ज गुरुछेवाङ्ग लामाले चिताई गाउँ भन्दा तीन घण्टा लाग्ने तिहार गुम्बाबाट गाउँको मान्छेसंग औषधी पठाएको छु मात्र भन्छन तर हामीले औषधी पाउदैनौ । स्वास्थ्य चौकीमा नआउने अहेव र अन्य स्वास्थ्यकर्मीलाई कार्यालयले काम नगरे पनि तलब दिईरहेको छ ,जनताले एउटा सिटामोल देख्न पाएका छैनन अचम्म लाग्छ वडा नम्बर ८ का सोनाम धामी लामाले भने । करान क्षेत्रका स्वास्थ्य चौकीमा स्वास्थ्य कर्मी नजाने कारणले सधैं भरी स्वास्थ्य संस्था बन्द रहन्छन भने स्थानीयवासी गाउँ घरमा आम्ची मार्फत परम्परागत उपचार गर्न बाध्य छन ।
 जिल्ला स्वास्थ्य कार्यालयमा यस्ता गतिविधीबारे जानकारी धेरै पटक गराएका हौ , गाउँ नजाने स्वास्थ्य कर्मीलाई कारवाही गर्छौ अब तपाईले गाउमा सहज रुपमा उपचार पाउनु हुन्छ भनेर हाकिमले भन्छन तर कहिले पनि कारवाही गरियो भनेर हामीले सुनेका छैनौं , पासाङ्ग लामाले भने । स्थायी स्वास्थ्यकर्मीले खोप बोक्न सकिरहेका छैनन यो वर्ष ठेक्कामा दिने सोच गरेका छौ ,जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रोशनलाल चौधरीले बताए । औषधी नियमिति बुझेर लिएका छन गाउँमा पुग्नु पर्ने हो के भएको रहेछ बुझ्छौ उनले भने । जिल्लामा वार्षिक २५ लाखको औषधी आउने भए पनि अघिल्लो वर्ष देखि सरकारले रकम कटाएर १३ लाख मात्र दिने गरेपछि औषधीको अभाव हुने गरेको छ । १३ लाखले २४ गाविसमा औषधी कसरी पु¥याउने उनले भने । औषधी कति खरिद भयो कति वितरण गरियो भन्ने तथ्याकं फाँटवालाले दिन नसक्दा पनि केहि समस्या भईरहेको छ चौधरीको भनाई छ । जिल्लाको करान भेकमा मात्र यस्तो समस्या नभएर जिल्लाका २४ वटै गाविसमा रहेका स्वास्थ्य संस्थामा यो समस्या छ । सुधार गर्न समेत चुनौती छ उनले भने ।

, ,

0 comments

बिचार लेख्नुहोस्..