बाल भित्रे पत्रिका तालिम शुरु
मुगु न्यज डटकम...........
भदौ ११, खत्याड भेगका दुई गाबिसका समुदायमा आधारीत बालकल्बका लागी चार दिने बाल भित्रे पत्रिका प्रकासनका लागी तालिम सुरु भएको छ
युएम एन मुगु कलष्टरको आर्थिक सहयोगमा ग्रामिण समुदायिक संस्था जि एस एस मुगुको आयोजनमा खत्याड भेगका दुई सेरी र श्रीकोट गाबिसका समुदायमा आधारीत १३ बालकल्बका लागी बुधबार देखि श्रीकोट गाबिसको राना कोटमा बाल भित्रे पत्रिका प्रकासन तालिम सुरु भएको हो ।
चार दिन सम्मा संचालन हुने यो तालिममा १३ बालकल्बका ३० जना बालबालिका सहभागी रहने छन । चार दिन सम्मा संचालन हुने यो तालिम पछी बालबालिका आफनो बाल कल्ब मार्फत समुदायमा बाल भित्रे प्रकासन गरी समुदायमा जनचेतना फैलाउनका साथै क्षमता अभिबृदिमा सहयोग पुराउने भएकाले यो तालिमको आयोजना गरिएको तालिम अवधिभरी नेपाल पत्रकार महाँसंघ मुगु शाँखाका अध्यक्ष सुमन मल्लले सहजीकरण गर्ने आयोजक संस्थाका कार्यक्रम संयोजक बासु रावलले मुगु न्युज डटकम लाई जानकारी दिए ।
0 comments
बिचार लेख्नुहोस्..