परिचयात्मक कार्यक्रम सम्पन्न
मुगु न्युज डट कम------------
भदौ १८ मुगु------------
भर्खरै जिल्ला प्रहरी कार्यालयमा सरुवा भई आएका प्रहरी नायब उपरिक्षक श्रीहजुर सिलवालसंग बुधवार जिल्ला प्रहरी कार्यालय भित्र परिचयात्मक कार्यक्रमको सम्पन्न भएको छ ।
जिल्लाका राजनितिक दल , नागरिक समाज सञ्चाकर्मिहरुसंग परिचय गर्ने क्रममा सिलवालले मादक पदार्थ सेवनका काराण जिल्लामा धेरै अपराधिक क्रिया क्लाप भएको देखिएकाले यसको नियन्त्रण, अपराध नियन्त्रण गर्न जनचेतना मुलक अभियान सञ्चालन गर्ने , अदालतबाट दोषी ठहर गरि फैसला सुनाईएका फरार अभियुक्त पक्राउ गर्न विषेश कार्यक्रम सञ्चालन गरिने सिलवालले जानकारी दिए ।
अब प्रहरीले खराब आचरण र व्यवहार सुधार गर्न प्रहरी कार्यालय भित्रै बाट सुरु गर्ने , नागरिकसंगको सम्बन्ध सुधार गर्न जिल्ला भरि रहेका ईलाका र प्रहरी चौकिलाई प्रत्येक दिन गाउँ स्तरमा नागरिकसंग भेटघाट गर्न निर्देशन दिई सकिएको उनले जानकारी दिए । अब देखि प्रहरीले महिला तथा बालबालिका सम्बन्धि घटनालाई पहिलो प्राथामिकता दिने , प्रहरीबाट मानव अधिकार हनन हुन नदिने, परिस्थिती अनुसार अस्थायी तथा आकस्मिक चेक जाँचको व्यवस्था गर्ने लगायतका कार्यहरु सिलवालले कार्ययोजनामा उल्लेख गरेका छन । प्रहरीे प्रमुखले सार्वजनिक गरेका कार्य योजना सफल बनाउन राजनितिक दलले सक्दो सहयोग गर्ने कार्यक्रममा सहभागि राजनीतिक दलका नेताले प्रतिबद्धता जनाएका छन ।
0 comments
बिचार लेख्नुहोस्..