कृषि विकास योजना निर्माणका लागि स्रोत संकलन कार्य सुरु
मुगु न्युज डट कम-----------
साउन १८ मुगु-------------
जिल्लामा दिर्घकालिन कृषि विकास योजना निर्माणका लागि आईतवार देखि आवश्यक पर्ने स्रोत संकलन कार्य सुरु गरिएको छ ।
आईतवार जिल्ला कृषि विकास योजना निर्माण गर्नका लागि कार्ययोजना निर्माण गर्न गठित कार्यदलले तयार पारेको जिल्ला कृषि विकास योजना निर्माण कार्ययोजनाको विस्तृत छलफल पछि सरकारी तथा गैर सरकारी निकाय विचमा स्रोत संकलन गर्ने निर्णय गरिएको छ । जिल्ला विकास समितिको आगामी सातौ जिल्ला परिषदबाट पारित गराउने गरि जिल्ला कृषि विकास योजना निर्माणका लागि जिल्ला कृषि विकास कार्यालयको संयोजकत्वमा पाँच सदस्यीय दिर्घकालिन कृषि विकास रणनिती लेखन समिति समेत गठन गरिएको छ । यो रणनिती तयार गर्न १५ लाख ७६ हजार ५ सय रुपैयाँ खर्च लाग्ने कार्य योजनामा उल्लेख गरिएको छ । जिल्लामा कृषि क्षेत्रको दिर्घकालीन विकास र व्यवसायिकरणका लागि कृषि विकास कार्यालय , पशु , वन कार्यालयले जिल्लाको कृषि विकास योजना निर्माणका लागि मुख्य भुमिका निर्वाह गरेका छन भने कृषिसंग सम्बन्धित कार्यक्रम सञ्चालन गरिरहेका गैर सरकारी निकायले पनि साझेदारको रुपमा काम गर्ने जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख लाबहादुर खत्रिले बताए । योजना निर्माणका लागि जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालय ,राजनीतिक दल , नागरिक समाज तथा अगुवा कृषकहरुसंग छलफल अन्र्तरक्रिया गरिने छ भने २४ वटै गाविसका सवै वडाका कृषक समेटिने गरि ईलाका स्तरिय कार्यशाला, अन्तरक्रिया , छलफल गरि सुझाव समेत संकलन गरिने भएको छ ।
सबैसंगको छलफल र अन्तरक्रियाबाट संकलन भएका सुझावका आधारमा जिल्ला कृषि विकास योजनाको मस्र्यौदा तयार गरि जिल्ला कृषि विकास समितिको बैठकमा पेश गरि थप सुझाव र परिमार्जन सहित अनुमोदन भएपछि मात्र २०७१ को फागुन महिनामा हुने जिल्ला विकास समितिको सातौ जिल्ला परिषदबाट पास गराउने लक्ष्य रहेको निमित्त प्रमुख खत्रिले बताए ।
0 comments
बिचार लेख्नुहोस्..