विशेषज्ञ नहुँदा हाड जोर्नीका विरामीलाई उपचारको समस्या
मुगु न्युज डट कम------------
साउन १८ मुगु------------
जिल्ला अस्पताल मुगुमा विशेषज्ञ चिकित्सक नहुँदा हाड जोर्नी, टाउकोमा चोट लागेका तथा पित्त थैलीमा पत्थरी (गल्र्स स्टोन )रोगका विरामीको उपचार गर्न समस्या भईरहेको जिल्ला अस्पतालले जनाएको छ ।
हात खुट्टा भाँचिएपछि सुरुमा स्थानीयवासीले घरमा नै परम्परागत रुपमा हड्डि जोड्न काप्रो लगाउने गरेका र त्यसपछि मात्र जिल्ला अस्पतालमा ल्याउने गरिरहेको जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर रणबहादुर बोगटीले जानकारी दिए । यसरी जिल्ला अस्पताल आउने अधिकाँश विरामीहरुले यातायात र खर्च अभावका कारण सुविधा सम्पन्न ठाउँ जान नसक्ने भन्दै जसरी भए पनि जिल्लामा नै उपचार गरिदिन आग्रह गर्ने गरिहेको डाक्टर बोगटीको भनाई छ । सामान्यतया हात खुट्टा भाँचिएका विरामीको उपचार गर्छौ तर जटिल खालका विरामीका लागि विशेषज्ञ चाहिन्छ तर हामीकहाँ विशेषज्ञ नभएपछि सुविधा सम्पन्न ठाउँमा नै पठाउनु पर्छ बोगटीले भने ।
जिल्ला अस्पतालका लागि दुई जना डाक्टर र एक जना मेडिकल सुपरिटेण्डेन्टको दरबन्दि रहे पनि अहिलेसम्म मेडिकल सुपरिटेण्डेन्टको पद रिक्त छ । जिल्ला अस्पतालका लागि मेडिकल सुपरिटेण्डेन्ट लगायत जिल्ला भरिका लागि अहेव, हेल्थ अशिस्टेण्टको दरबन्दि बढाउन मन्त्रालयमा छलफल भईरहेको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जन स्वास्थ्य अधिकृत रोशनलाल चौधरीले बताए । धेरै पटक मेडिकल सुपरिटेण्डेन्टको पदपुर्तिका लागि लोक सेवा आयोगमा लेखि पठाए पनि पदपुर्ती हुन सकेको छैन भने दरबन्दिमा खटाएका मेडिकल सुपरिटेण्डेन्ट दुर्गम भन्दै आउन नमान्दा अहिलेसम्म उक्त पद रिक्त रहेको चौधरीको भनाई छ ।
जिल्ला अस्पतालमा हात खुट्टा भाँचिएका , हड्डि छाला बाहिर नआएका , हड्डि टुक्रा नभएको अवस्थामा एक्सरे गरि प्लाष्टर गर्न सकिन्छ तर घरेलु उपचार गर्दा विग्रिसकेका , हड्डि छाला छेडेर बाहिर निस्किेका तथा धेरै टुक्रा भएको अवस्थामा शल्यक्रिया गर्नु पर्छ त्यस्ता विरामीलाई रेफर गर्छौ डाक्टर बोगटीले भने । यसको साथै टाउकोमा गम्भीर चोट लागेका तथा पित्त थैलीमा पत्थरी भएका विरामीलाई समेत उपचारका लागि सुविधा सम्पन्न स्थानमा लैजान जिल्ला अस्पतालले रेफर गर्ने गरिरहेको छ । यसरी अन्यत्र उपचारका लागि पठाईका हात खुट्टा भाँचिएका विरामीलाई यातायात अवरुद्ध भएको अवस्थामा निकै गाह्रो हुने गरेको छ । वर्षाका कारण हवाई तथा सडक यातायात बन्द भए पछि विरामीलाई वोकेर जुम्ला पु¥याउन निकै कठिन हुने गरेको छ । वर्षा सुरु भए यता मात्र जिल्ला अस्पतालबाट हड्डिका ३ , टाउको सम्बन्धि १ र पित्त थैलीमा पत्थरी भएका १ गरि पाँच जना विरामीलाई उपचारका लागि अन्यत्र पठाईएको छ ।
0 comments
बिचार लेख्नुहोस्..