पहिलो त्रैमासिक परिक्षा सकियो तर पुस्तक पुगेन
सुमन मल्ल-------------
साउन २९ (चिताईं ) मुगु----------------------
पुर्वी करानको डोल्फु गाविस वडा नम्बर ७,८ र ९ मा पर्ने चिताई गाउँमा रहेको नेपाल राष्टिय प्राथामिक विद्यालयमा पहिलो त्रैमासिक परिक्षा सकिदासम्म पनि पाठ्य पुस्तक पुगेको छैन ।
कक्षा पाँच सम्मको पठन पाठन हुने यस विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएर चार महिना वितिसक्दा पनि विद्यार्थीहरुले अघिल्ला वर्षका पुराना पाठ्य पुस्तक बोकेर विद्यालय जाने गरेको स्थानीयवासी पासाङ्ग लामाले बताए । विद्यालयको भर्ना अभिलेख हेर्दा ५६ जना विद्यार्थी देखिए पनि विद्यालयमा २० जना मात्र आउने गरेको र उनिहरुका लागि नयाँ पुस्तक आएका छन भन्ने सुनेको छु , नयाँ हुन कि पुराना थाहा छैन विद्यालयमा भेटिएका शिक्षक रडकबहादुर शाहीले भने । एक कक्षाको पुस्तक आउदै आएको छैन , अरु कक्षाको पुस्तक पुरानो छ शाहीले भने । विद्यालय भवन जिर्ण छ , मास्टर पालो गरेर बस्छन, किताब छैनन अनि कसरी हाम्रा बालबालिकाले राम्रो शिक्षा पाउछन ? स्थानीय कार्मा छोमेल लामाले भने । शिक्षकहरु आए पनि राम्रोसंग पढाउदैनन , हेड सर ( प्रधानाध्यापक) गमगढीमा नै बस्छन , अरु सर पनि त्यस्तै गर्छन , विद्यालय नआए पनि नपढाए पनि सरकारले तलब दिदो रहेछ हाम्रो त केही कामै रहेनछ कार्माको भनाई थियो ।
तीन जना शिक्षक दरबन्दि रहेको यस विद्यालयमा बाल विकास केन्द्र छैन । गएको विहिबार २ बजे विद्यालय पुग्दा सबै बालबालिका घर तर्फ गईसकेका थिए भने विद्यालयमा रहेका शिक्षक रडक शाही भने विद्यालय बन्द गरेर गाउँ तर्फ हिड्न लागेका थिए । गाविसको तथ्याकंमा एक सय पाँच घरधुरी छ । गाउँमा गन्दा ५३ घर मात्र छन । नियमित बसोवास गर्ने २० घर रहेका छन ,विद्यार्थी बढि हुने कुरै भएन शिक्षक शाहीको तर्क थियो । कोही काठमाण्डौ , जुम्ला, डोल्पा, गमगढी तथा भारत तर्फ जाने गरेका कारण विद्यालयमा विद्यार्थी न्युन रहेको विद्यालयको भनाई छ । जिल्ला शिक्षा कार्यालयले यो विद्यालयमा पाठ्य पुस्तकका लागि सात हजार ६० रुपैयाँ वैशाखमा नै निकासा दिईसकेको जनाएको छ । तर प्रधानाध्यापक पदमबहादुर शाहीले अहिलेसम्म पुस्तक विद्यालयमा पु¥याएका छैनन ।
0 comments
बिचार लेख्नुहोस्..