बाल बिबाहका कारण सम्बन्ध बिच्छेदका मुद्दा बढे



मुगु न्युज डट कम------------------
मुगु १८ भदौ --------------------
,उमेर नपुगी बिबाह गरेकै कारण अहिले जिल्ला अदालत मुगुमा सम्बन्ध बिच्छेद, नाता कायम, र मानचामलका मुद्धा बढ्न थालेका छन ।
 १४ ।१५ बर्षकै  स्कुल जाने उमेरमै अभिवावककै कारण  बाल बिबाह गरी १६।१७ बर्षमै बच्चाकी आमा बनेपछि केटा र उसका अभिबाबकले बेवास्ता गर्ने गरेकाले ति बालिकाहरुले बाध्य भएर जिल्ला अदालतमा कानुनी उपचारका लागी मुद्धा दर्ता गराउन पर्ने बाध्यता रहेको पाईएको छ  ।
 बाल बिबाहकै कारण अहिले जिल्ला अदालतमा सम्बन्ध बिच्छेद सम्बन्धि १० ,नाता कायमका तिन, असं मानाचामलका छ, बहु बिबाह एक मुद्धा दर्ता भई नौ सम्बन्ध बिच्छेदका, चार नाता कायमका, दुई  बहु बिबाह एक मुद्धा फैसला भईसकेको जिल्ला अदालतले जनाएको छ । यसरी एक बर्षमै यत्रो संख्यामा यस्ता खालका मुद्धा आउनुको मुख्य कारण बाल बिबाह नै भएको जिल्ला अदालतका रजिष्टार हेम राज तिमेल्सिनाले बताए ।
 कर्णालीका पाँच जिल्ला मध्ये सबै भन्दा बढी बाल बिबाह हुने जिल्ला मुगु रहेको भन्दै यसको रोक थामका लागी विभिन्न गैर सरकारी संघ सस्थाहरुले लाखौ बजेटका कार्यक्रम संचालन गर्दै आएका छन तर ति गैर सरकारी संघ संस्थाले कार्यक्रम संचालन गरेकै गाबिसमा बाल बिबाह बढी हुने गरेको पाईएको छ । जिल्लाका २४ गाबिस मध्ये सबै भन्दा बढी सदरमुकाम नजिकैका कार्किबाडा, पिना, रोवा रुगा  गाबिसमा बाल बिबाह हुने गरेको छ ।
 ग्रामिण भेगमा बाल बिबाह हुने  भए पनि प्राय ः कानुनि उपचारका लागी प्रहरी र जिल्ला अदालतमा त्यति आउन सकेका छैनन ।  गाँउमै मिलाउने गरेकाले  धेरै बालिकाले आफु माथि सौता बेहोर्नु परेको  देखिन्छ । अहिले यस्तो हिंसामा परि सहायता खोज्न महिला बिकास कार्यालयमा महिलाहरु आउने गरेकालाई सहायता दिदै आएको महिला बिकास कार्यालय मुगुका निमित्त प्रमुख कृष्ण चन्दको भनाई रहेको छ ।
 बाल बिबाहकै कारण जिल्ला भर ५०  भन्दा बढी बहु बिबाहका घटना भएपनि आधिकारीक तथ्य कसैसंग नभएको र बहु बिबाह जस्ता मुद्धा गाउ घरमै मिलाउने परम्पराले गर्दा बाल बिबाहको संख्या बढेको हुन सक्ने तर बाल बिबाह न्युनिकरणका लागी काम गर्ने गैर सरकारी संस्थाकै कार्य क्षेत्रमा बाल बिबाह बढेकाले पनि अन्य गाबिसहरुमा बाल बिबाहका घट्ना बढेका गैर सरकारी संस्था महाँसंघका जिल्ला अध्यक्ष सुरेस शाहीको भनाई रहेको छ । केटीको उमेर २० र केटाको उमेर १८ वर्ष नाघे पछि मात्र विवाह गर्न पाउने कानुनी व्यवस्था छ , तर अभिभावकको दवावका कारण उमेर नपुगि विवाह गर्ने बालबालिकाको संख्या जिल्लामा भयावह रहेको देखिन्छ ।

, ,

0 comments

बिचार लेख्नुहोस्..