ठेकेदारले गाउँमा खाद्यन्न नलिएपछि चरम संकट



मुगु न्युज डट कम------------
भदौ ३० मुगु-------------
नेपाल खाद्य संस्थानले उपलब्ध गराउने खाद्यन्न ठेकेदारले गाउँमा नपु¥याए पछि पुर्वि करानको किम्री गाविसमा चरम खाद्य संकट भएको छ ।
बौंद्ध धर्मालम्बीहरुको बसोबास रहेको यस क्षेत्रका लागि नेपाल खाद्य संस्थान शाखा कार्यालय मुगुले पुलु गाविसको पुलुमा वितरण केन्द्र स्थापना गरि हरेक वर्ष खाद्यन्न ढुवानीका लागि ठेकेदार मार्फत खाद्यन्न पठाउने गरिरहे पनि अघिल्लो वर्षबाट नै चामल नपाएको स्थानीयवासीले गुनासो गरेका छन । हामीले ल्होसारका वेला पनि चामल पाएनौ , विकासका त कुरै छैनन, चाड पर्वमा समेत चामलसम्म पाउदैनौ , अहिले गाउँमा भोकमरी छ  अवस्था धेरै गाह्रो भईसक्यो किम्री गाविस वडा नम्बर १ का कुञ्जाङ लामाले भने । एकै चोटी तीन प्याक पाउने भन्दै ठेकेदारले गाउँलेबाट पैसा उठाएर लिए पनि अहिलेसम्म गाउँमा चामल पुगेको छैन  लामाले भने ।  करान भेकका पाँच गाविसका लागि प्रति केजी १६ रुपैयाँका दरले पुलु वितरण केन्द्रसम्म खाद्यन्न ढुवानीको जिम्मा लिएका ठेकेदार पालजोल लामाले वितरण केन्द्रका लागि जानु पर्ने १ हजार ९ सय क्वीन्टल मध्य अहिलेसम्म १ हजार २ सय ३३ क्वीन्टल खाद्यन्न बुझेर लिई सकेको नेपाल खाद्य संस्थान शाखा कार्यालय मुगुले जनाएको छ । आर्थिक वर्ष २०७० । ७१ का लागि पुलु वितरण केन्द्रका लागि छुट्याईएको खाद्यन्नको कोटाबाट १२ सय ३३ क्वीन्टल ठेकेदारले असारमा नै बुझेर लिई सकेका छन तर खाद्यन्न वितरण गरेको भरपाई अहिलेसम्म बुझाएका छैनन अब ताकेता पत्र लेख्नु पर्ने भएको छ शाखाका निमित्त प्रमुख कर्णबहादुर रावलले भने । माँग्री, डोल्फु, पुलु र मुगु गाविसका सर्व साधारणले खाद्यन्न आँशिक रुपमा पाए पनि किम्री गाविसका स्थानीयवासीले अहिलेसम्म खाद्यन्न पाउन सकेका छैनन । सदरमुकाम स्थित संस्थानको कार्यालयबाट ठेकेदारले खाद्यन्न बुझेको देखिए पनि गाउँ सर्व साधारणले खाद्यन्न पाउन सकेका छैनन । ठेकेदारले बुझेको खाद्यन्न कहाँ छ सर्व साधारणलाई जानकारी छैन भने शाखामा वितरण गरिएको भरपाई अहिलेसम्म पुगेको छैन ।
 मेरो काम विशेषले गाउँमा खाद्यन्न पुग्न सकेको छैन । गमगढीबाट बुझेको खाद्यन्न बिच बाटोमा नै छ ,अब एक हप्ता भित्र गाउँमा पुग्छ , ढुवानीको जिम्मा लिएका ठेकेदार पाल्जोलले भने । मैले असारमा बुझेको खाद्यन्न बिच बाटोमा छ ,समाचार लेख्नु पर्दै , एक हप्ता भित्र गाउँलेलाई वितरण गर्छु लामाको भनाई थियो ।

, , ,

0 comments

बिचार लेख्नुहोस्..