प्रहरी कार्यालय बाटै केही मिनेटमा नै भागे बाल जोडी
मुगु न्युज डट कम--------------
भदौं ३० मुगु---------------
बाल बिबाह गर्न भनेर घरबाट भागेर हिडेका एक जोडि बाल बालिकालाई आईतवार प्रहरीले उनिहरुका अभिबाबकको जिम्मा लगाएको केही मिनेटमा नै उक्त जोडी प्रहरी कार्यालयबाट भागेको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु भेगको कालै गाबिस वडानम्बर ९ निबासि बर्ष १९ का बिक्रम बिटालु र गम्था गाबिस वडा नम्बर ७ निबासि बर्ष १६ कि नाम परिबर्तित कविता बिबाह गर्न गाँउबाट हिडेको दुई हप्ता पछी जिल्ला प्रहरी कार्यालय मुगुले उनिहरुलाई आ आफना अभिबाबकको जिम्मा लगाएका थियो । अभिभावकको जिम्मा लगाउदा वितिकै दुवै बालबालिका एक आपसमा हात समाएर रुवाबासी गरिरहेका थिए भने बालक पक्षका आफन्तले जोडीलाई अलग नगराई बालककै घरमा राख्न पाउनु पर्ने जिकीर गरेपछि केहि मिनेट तनाव समेत भएको थियो । तनाव हुन थालेपछि प्रहरीले बालक पक्षलाई कार्यालय बाहिर निकालेको थियो । बालक पक्ष कार्यालय भन्दा बाहिरिए पछि सुस्ताएका बालिकाका बुवा चिन प्रसाद सञ्ज्याल पिसाव गर्न कार्यालय भित्रकै शौचालय प्रवेश गरेका र त्यहि मौका छोपी बालिकाले कार्यालयको दक्षिण छेउका काँडेतार नाघेर भागेको बालिकाका आफन्तले बताए । म पिसाब गर्न शौचालय तर्फ गएँ छोरी त भागिसकि छ , हतारिएर खोज्न जाँदा दुवै जनालाई केटाका आफन्तहरुले प्रहरी कार्यालय नजिकैको घरमा घेरा हालेर राखेका रहेछन , डरले मैले केही भन्न नसकेर छोरी अब देखि मरि भनेर फर्किएँ ,बालिकाका वुबा सञ्ज्यालले भने । उसैकै शिक्षा, स्वास्थ्य र पारिवारिक भविश्यका लागि मैले विवाह नगर भनेको हुँ तर उ जिप्रकाबाटै भागे पछि मैले केहि गर्न सक्दिन सोमबार विहान पत्रकारहरुसंग उनले भने ।
दुई हप्ता अगाढी बिबाह गर्न भनेर जिल्ला सदरमुकाम गमगढी आई पुगेका ति बालबालिकालाई खोजतलास गर्नका लागी प्रहरी चौकि कालैमा बालिकाका बाबुले निबेदन दिएपछि जिल्ला प्रहरी कार्यालयले बालबालिका दुबै जनालाई कार्किबाडा गाबिसमा रहेको बालककी दिदीको घरमा लुकेर बसेको अबस्थामा फेला पारी आईतबार जिल्ला प्रहरी कार्यालयमा बालिकाका बाबु र बालकका दिदीलाई उमेर नपुगन्जेल छुटाछट्टै बस्ने कागज गराई जिम्मा लगाएको केही मिनेटमा नै कार्यालय हाता भित्रबाटै बालबालिका भागे पनि प्रहरीले केही गर्न सकेन । बरु प्रहरी अधिकृतका फरक फरक भनाई आए । जिल्ला प्रहरी कार्यालयका प्रबक्ता समेत रहेका प्रहरी निरिक्षक मित्र आचार्यले सोमबार टेलिफोन सम्पर्कमा भने केटीका बावु पिसाब फेर्न शौचालय गएका थिए , केटी पनि शौचालय जान्छु भनेर उनि भागिछन । आज दुवै पक्षलाई छलफलका लागि बोलाएको छु आचार्यले भने तर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्रीहजुर सिलवालले बाल जोडी भागे पनि छलफलका लागि कसैलाई नबालाएको जानकारी दिए ।
यस्ता मामिलाबाट प्रहरी धेरै पटक उम्कन खोजेको देखिए पनि यो पटक जस्तो प्रहरीको वेवास्ता कहिलै पनि देखिएको थिएन । आईतबार प्रहरी निरिक्षक आचार्यले प्रहरी कार्यालयमा बाल जोडीका अभिभावकका अगाडी भनेका थिए ‘ हामीले दुवैलाई उनिहरुका अभिभावकको जिम्मा लगाउने हो , कार्यालयको ढोका बाहिर गए जे गरे पनि हामीलाई मतलब हुँदैन ’ ।
0 comments
बिचार लेख्नुहोस्..