लोलुफोरा अभियान रारामा – सचिव स्तरिय बैठक सम्पन्न
सुमन मल्ल
असोज २ मुगु
भदौ १ गते पोखराबाट राष्टपति डाक्टर रामबरण यादवले उद्घाटन गरेर सुरु गरिएको लोलुफोरा अभियान २०७१ का अभियानकर्मी २९ दिनको पैदल यात्रा गरेर रारामा पुगेपछि मंगलबार रारामा सचिव स्तयि बैठक सम्पन्न भएको छ ।
बैठकका लागि प्रधान मन्त्रिका सल्लाहकार डाक्टर विजन पन्त सहित मन्त्रालयका सचिवको टोली हेलीकप्टरबाट रारा आएको थियो । बैठकमा राराको पर्यटन प्रर्बद्धन तथा पर्यटन विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ । लोमान्थाङ, लुम्बिनी, फोक्सुण्डो र रारा सम्मको पर्यटक पदमार्गको विकास गर्ने, त्यसका लागि रारा, फोक्सुण्डो,दामोदर कुण्ड, मुक्ति नाथ तिलिजो पर्यटन विकासको नयाँ सम्भावना खोज समिति निर्माण गरिएको छ । समितिमा पुर्व शिक्षा राज्य मन्त्रि हस्तबहादुर मल्ल संयोजक रहि जिल्लाका राजनितिक दलहरु, जिविस, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति , उद्योगी व्यवसायी सदस्य रहने तथा पुर्व सभासद,वर्तमान सभासद र पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटन व्यवसायीका पेशागत संगठन पदेन सदस्य रहेका छन भने रारा राष्टिय निकुञ्ज कार्यालय सदस्य सचिव रहेने भएका छन । अभियानका अभियानकर्मी कृष्ण केसी सहितको टोलीसंग सोमबार जिल्लाका सरोकारवाला निकायले छलफल गरि मन्त्रि परिषदको बैठक आउदो वैशाखमा रारामा गर्ने निर्णय गरेको छ भने पर्यटन प्रबद्र्धन , विकासका लागि गुरु योजना निर्माण गर्नु पर्ने जोड दिईएको छ । ७५ वटै जिल्लाको कला संस्कृति र सभ्यता झल्किने गरि रारामा पचहत्तर कोठे नेपाल मण्डल नामक भवनको निर्माण गर्न सरकारसंग प्रस्ताव गर्ने समेत निर्णय गरिएको छ ।
बैठक पछि बोलदै प्रधान मन्त्रिका सल्लाहकार डाक्टर पन्तले रारामा क्याविनेट बैठक गर्ने कुरा आफुले प्रधानमन्त्रीलाई भन्ने र प्रधानमन्त्रीले रारामा आउने चासो धेरै देखाएकाले रारामा मन्त्रि परिषदको बैठक जसरी पनि आयोजना गरिने बताए । नेपालको पर्यटन क्षेत्रको विकासका लागि प्रस्ताव गरिएको गुरु योजना निर्माणको लागि राज्य लागि पर्ने पनि पन्तले बताए । आजका मिति देखि हरेक दिन म मुगुको पर्यटन विकासका लागि केही समय खर्चिन्छु, राजनीतिक दलहरुले विकासमा राजनितीक रंग मिसाउने चलन छ अब देखि राजनीतिक दलले विकासमा राजनिति जोड्नु हुन्न उनले भने । नेपाल संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले राराको पर्यटन विकासका लगानी गर्न धेरैले चाहेका र त्यो लगानी भित्रयाउने वातावरण बनाउनु पर्नेमा जोड दिए । नेपाल टे«किङ एसोसियशन (टान) का अध्यक्ष रमेश धमलाले निजी क्षेत्रले पर्यटन व्यवसायमा लगानी गर्दै आईरहे पनि लगानी सुरक्षित नभएको बताए । हामीले लोलुफेरा अभियान जस्तै खप्तड, रारा , जुम्ला पर्यटन पदमार्ग विकासका लागि काम थालि सकेका छौ , सन २०१५ सम्म यो पदमार्ग पनि सञ्चालनमा आउछ धमलाले जानकारी दिए । पर्यटन विकासका लागि राज्यले सञ्चालन गर्ने सवै गतिविधीमा निजी क्षेत्र साझेदार बन्न तयार रहेको उनले बताए । मंगलवार नै पोखराका पर्यटन व्यवसायीको टोली पनि रारामा पुगेर छलफल गरि फर्किएको छ । प्रधानमन्त्रिका सल्लाहकार , मन्त्रालयका सचिवहरु र पर्यटन व्यवसायीहरुसंगको छलफलममा सहभागि स्थानीयवासीले रारामा पर्यटन प्रबद्र्धनसंगै संरक्षणलाई बढि जोड दिनु पर्ने , राराका नाममा आएको बजेट बिच वाटोमा नै हराउने हुँदा जिल्ला विकास समिती मार्फत खर्च गर्ने गरि एकद्धार प्रणाली हुनु पर्ने , रारासंगै छाया नाथ, ऋणिमोक्क्ष तिर्थ स्थलको संरक्षण तथा प्रर्बद्धनमा जोड दिनु पने गमगढी देखि नाक्चे लाग्ना सडकको निर्माण कार्यलाई जोड दिई माथिल्लो मुगु सम्म पर्यटक पुग्ने अवस्था सिर्जना गनु पर्ने , सडक यातायातका लागि गमगढी नाग्म सडकको स्तरोन्नती र ताल्च विमान स्थलको धावन मार्ग कालो पत्रे गर्ने कार्यलाई छिटो सम्पन्न गर्नु पर्नेमा जोड दिएका थिए ।

0 comments
बिचार लेख्नुहोस्..