व्यवसायिक सीप सिक्दै विद्यार्थीहरु



मुगु न्युज डट कम--------
भदौ २० मुगु-------------
जिल्लाका विभिन्न दश वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो पढाईसंगै व्यवसायिक सीप पनि सिक्न थालेका छन ।
युनिसेफ नेपालको आर्थिक सहयोग, विश्व शिक्षा नेपालको प्राविधिक सहयोग तथा किर्डाक नेपाल मुगुको प्राविधिक सहयोगमा महाकाली नमुना उच्च माध्यामिक विद्यालय गमगढी, कर्णाली मावि टोप्ला,निमावि कार्कीवाडा, निमावि भारेकोट, मावि मुर्मा, निमावि बाम , मावि कच्चे लगायतका दश वटा सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई विभिन्न व्यवसाय मुलक सीपका लागि तालीम प्रदान गरिएको किर्डाक नेपाल मुगुले जनाएको छ । गमगढी र टोप्लाका विद्यार्थीलाई आलु चिप्स तथा जडिबुटीको चिया, निमावि कार्कीवाडाका विद्यार्थीलाई टोपी बुनाई, निमावि भारेकोटमा च्याउ खेति, बाम र मुर्माका विद्यार्थीहरुलाई तरकारी खेतिका लागि तालीम दिईएको छ । त्यस्तै गरि मावि कच्चेमा फोहोर फाल्ने भाँडा, प्रभात मावि रोवामा दालमोठ तथा होजियारी, निमावि कोट तथा कोटीलामा सुईटर बुन्ने जस्ता तालीम प्रदान गरि उनिहरुले पढ्ने विषयसंग तालमेल गरिएको किर्डाक नेपालका कार्यक्रम अधिकृत योगेन्द्र चापागाईले जानकारी दिए । पुर्व व्यवसायिक शिक्षा कार्यक्रम अन्र्तगत विद्यालय समय भन्दा अगाडी पछाडी तालीम प्रदान गरिएको हो । कार्यक्रमको पहिलो चरण अन्र्तगत विभिन्न आठ गाविसका दश  विद्यालयहरुमा ६ कक्षा देखि ९ कक्षासम्म अध्ययन गर्ने सबै विद्यार्थीहरु छनौठ गरिएको छ । दोस्रो चरणको कार्यक्रममा अन्य दश गाविसमा यो कार्यक्रम सञ्चालन गरिने भएको छ । यस कार्यक्रमका लागि छनौट गरिएका विद्यार्थीहरुले सम्बन्धित विषयबाट व्यवसायिक सीप सिक्ने र अर्को तर्फ निमावि तहमा रहेको पेशा, व्यवसाय तथा प्रविधी लगायत अन्य मुख्य विषयलाई समेत जोडेर शिक्षण सिकाई प्रक्रियालाई व्यवहारिक बनाउन सकोस भन्ने कार्यक्रमको लक्ष्य रहेको बताईएको छ ।

, ,

0 comments

बिचार लेख्नुहोस्..