विपक्षीसँग बोलचाल गरे एक लाख जरिवाना
मुगु न्युज डट कम-----------
भदौ २० मुगु------------
जिल्लाको पुर्वी करान भेकको मुगु गाविसमा गाउँ भित्रकै स्थानीयवासी विच भएको विवाद पछि गाउँलेहरुले विपक्षीसंग बोल्नेलाई एक लाख सजाय गर्ने स्वघोषित नियम बनाएका छन ।
चिनको तिब्बतसंग नाका जोडिएको मुगु गाविसका स्थानीयवासीहरुको व्यपार सम्बन्ध तिब्बतसंग हुने र एक आपसमा व्यापारिक प्रतिस्पर्धा हुने गरेको छ । कुनै व्यक्ति गाउँका समुदायबाट फरक हुन चाहेमा गाउँलेहरुको स्वघोषित नियम अनुसार सजायको भागिदार हुनु पर्छ भने उस्तै परे गाउँ निकालासम्म गर्ने चलन रहेको छ । मुगु गाविस वडा नम्बर ६ निवासी कार्मा काङ्गडोल लामा गएको जेठ महिनामा यार्सा संकलन गर्ने वेला गाउँलेहरुको सहमति विपरित अगाडी नै यार्सा पाईने वनमा प्रवेश गरेको भन्दै गाउँलेहरुले जरिवाना गराउन खोजेका थिए । तर आफुले कुनै गल्ती नगरेकाले जरिवाना नतिर्ने भने पछि लामा विरुद्ध जिल्ला अदालतमा सबै गाउँलेहरुले मुद्दा हाले पछि अहिले गाउँमा लामासंग बाल्ने , उठबस गर्ने गाउँलेलाई पचास हजार देखि एक लाखसम्म सजाय गर्ने गरेको स्थानीयवासीले बताएका छन । कार्मासंग फोनमा कुरा गरेको भन्दै गाउँलेहरुले गाउँका पेमा तोर्ची लामालाई पचास हजार जरिवाना गराएका छन त्यस्तै कार्माको घरमा गोठालोका रुपमा काम गर्न बसेका सोही गाउँका त्याक्याप कामीलाई समेत गाउँलेहरुले पचास हजार जरिवाना गराएका छन । कार्माकी श्रीमतीसंग मिलेर जेठ महिनामा गाविसको शिरानी चौरमा पसल गरेको भन्दै टोमा लामालाई एक लाख जरिवाना गराउने गाउँलेको सहमति बनेको स्थानीयले बताएका छन । गाउँमा हुने यस्ता गतिविधी बारे कसैलाई जानकारी गराउदा गाउँ निकाला समेत हुने डरले चित्त नबुझे पनि चुप लागेर बस्नु पर्ने बाध्यता रहेको एक स्थानीयले बताए ।
अघिल्लो वर्ष यार्सा संकलन गर्न अगाढी नै वन प्रवेश गरेको भन्दै कार्मालाई गाउँलेहरुले २२ लाख जरिवाना तिराएका थिए । यो वर्ष पनि निहुँ पारेर पैसा खान खोजेका थिए मैले तिर्न मानिन त्यसैले मलाई गाउँलेहरुले झुटो मुदा लगाएका छन ,मसंग बौल्ने अरु गाउँका मान्छेलाई समेत सजाय गर्छन कार्माले भने । मैले गल्ति गरेको छैन सबै गाउँले एक भए पनि कुनै फरक पर्दैन म मुद्दा लड्न तयार छु , लामाको भनाई थियो ।
0 comments
बिचार लेख्नुहोस्..