अज्ञात रोगले कुखुरा मर्न थालेपछि कृषक चिन्तामा


मुगु न्युज डट कम--------
मुगु ३ असोज, -----------
ग्रामीण भेगका सर्बसाधरणले पालेका कुखुरामा अज्ञात रोग देखा परी मर्न  थालेपछी कृषकहरु चिन्तामा परेका छन ।
  जिल्लाका २४ वटै गाबिसमा कृषकहरुले पालेका कुखुरामा अज्ञात रोगबाट मर्न थालेपछि  कुखुरा पालन व्यवसाय तर्फ लागेका कृषकहरु चिन्तामा परेका हुन ।
 माँग्री गाबिस वडानम्बर २ र ३ पाँपु गाँउका कृषक भानु बुढाले दिएको जानकारी अनुसार आफुले पालेका कुखुराहरु  सुरुमा खाना नखाने ,झोक्राएर बस्ने एक दिन पछि मर्ने गरेका छन भने मरेका कुखुरा हेर्दा कुनै कुखुराको पेटमा कुनैको पिठ्युमा मासुको डल्ला परेको देखिने आफना कुखुरा जस्तै अन्य छिमेकिहरुका कुखुरामा पनि यस्तै किसिमको अज्ञात रोगले  पाँपु गाँउमा मात्र ८० भन्दा बढी कुखुरा दुई दिनमै मरेका छन ।
 अहिले यो अज्ञात रोग मुगुका ग्रामिण भेगमा मात्र देखा परेको भएपनि छिमेकि जिल्ला जुम्लाका ग्रामिण भेगमा समेत देखा परेको छ । यो रोग जुम्ला जिल्लाको पश्चिम क्षेत्रका सिंजा भेगका कुखुरामा देखा परेको कनका सुन्दरीका दान बुढाले बताए ।
 जिल्ला पशु कार्यालयका प्रमुख भिम बहादुर बुढाले दिएको जानकारी अनुसार यस्तो रोगको बारे आफनो कार्यालयमा जानकारी नआएको तर यस्तो अज्ञात रोगको बारे मरेका कुखुराको पोष्टमार्टम नगरुन्जेल रोग पत्ता नलाग्ने र यो भन्दा अगाढी कुखुरामा कक्सिडीयोसिस नामक रोग देखा परेकाले अहीले रोगको ओषधी गाँउ घरमा पठाई सकिएको छ  बुढाले जानकारी दिए । तर अहिलेको रोगको पोष्टमार्टम नगरुन्जेल रोग पत्ता लाग्न नसक्ने उनको भनाई छ ।

, , ,

0 comments

बिचार लेख्नुहोस्..