अवैध घरेलु मदिरा बनाउने ६ सय केजी कच्चा प्रर्दाथ नष्ट



मुगु न्युज डट कम
मुगु २ असोज,
 बेवारिसे रुपमा सदरमुकाम गमगढीको न्युरोडमा फेला पारेको ६ सय केजी अवैध घरेलु मदिरा बनाउने कच्चा पर्दाथ बिहिबार नष्ट गरिएको छ ।
 सुर्खेतबाट स्वराज मिनि ट्रकबाट सदरमुकाम गमगढी ल्याईएको १ लाख ५० हजार बराबरकोे ६ सय केजी घरेलु मदिरा बनाउने कच्चा पर्दाथ सदरमुकाम गमगढीको न्युरोडबाट प्रहरीले आफनो कब्जामा लिई बिहिबार कोष तथा लेखा नियन्त्रण कार्यालय, प्रशासन तथा सरोकारवाल निकायको रोहवरमा प्रहरीले नष्ट गरेको हो ।
 दशै र तिहारमा मदिरा सेवनकै कारण हुने अपराधिक घटना रोक्नका लागी प्रहरीले सदरमुकाम गमगढीमा मदिरा नियन्त्रण गर्नुका साथै बजारका तिन स्थान र ग्रामिण भेगका सबै गाँउमा प्रहरीले घरदैलो समेत गर्ने गरेको तथा बिषेश गरी तिहारसम्मका लागी मदिरा नियन्त्रणमा प्रहरीले २४ सै घण्टा लागी पर्ने प्रहरी नायब निरीक्षक श्री हजुर सिलवालले बताए ।
  जनता बिना बर्दीको प्रहरी  र प्रहरी बर्दीको प्रहरी भएकाले अहिले जिल्लाका २४ वटै गाबिसका प्रत्येक गाँउमा पुगी जनता र प्रहरी बिचको समन्वय बारे छलफल गरीरहेका साथै सान्ति सुरक्षामा प्रहरी र जनता बिच हातेमालो गर्नका लागी यो अभियान थालिएको प्रहरीले पत्रकार भेटघाटमा बताएको छ ।
  घरेलु मदिराबाटै दैनिक प्रहरी कार्यालय र यसका मातहतमा रहेका चौकिमा आउने झैझगडामा कमि आएको र  अहिले प्रहरीले यो अभियान थाले पछि झगडाका निबेदन हरु पनि दुई हप्ता देखि कम आउन थालेको प्रहरीको भनाई रहेको छ ।

, , ,

0 comments

बिचार लेख्नुहोस्..