माईती घरबाट फर्कदै गरेकि युवती माथि सामुहिक बलात्कार
मुगु न्युज डट कम-----------
असोज १० मुगु--------------
माईती घरबाट आफनो घर तिर जादै गरेकि एक युवति सामुहिक बलात्कारको सिकार भएकी छन ।
कोटडाँडा गाबिस वडा नम्बर ९ निबासि २१ बर्षिया सर्मिला रोकाया (नाम परिबर्तित ) असोज ६ गते माईती घर श्रीकोट गाबिस ९ जिउकाबाट आफनो घर जाँदै गर्दा साझ पाँच बजे सामुहिक बलात्कारको सिकार भएकि हुन ।
माईती घरबाट फर्कदै गरेकि ति युबतिलाई बाटोमा बसीरहेका कोटडाँडा गाबिस ३ बस्ने बर्ष १८ का ओमराज शाही सहित नाम खुल्न नसकेका अन्य दुई जनाले पिडित युबतिको साथमा रहेको नगद २२ हजार र मोबाईल लुटेपछि नगद रकम र मोबाईल फिर्ता गर्ने सर्तमा तिनै जनाले सामुहिक बलात्कार गरेको पिडितका आफन्तले बताएका छन ।
सामुहिक बलात्कार परेको र आफुसंग रहेको नगद २२ हजारका साथै एक थान मोबाईल तिन जनाबाट लुटिएको घटना परिवारलाई जानकारी दिएपछि छ गते नै रातापानी ईलाका प्रहरी चौकिलाई जानकारी दिएपछि आरोपितको खोजिमा प्रहरी लागेको भए पनि अहिलेसम्म आरेपितहरु प्क्राउ पर्न सकेका छैनन । बलात्कार पछि उनिहरु भागेकाले उनिहरु भाग्न सक्ने स्थान रातापानी , सुकाढिक ,काँलै प्रहरी खोजिमा लागिरहेको र अन्य छिमेकि जिल्लाका प्रहरीसंग समन्वय गरि खोजतलास तिब्र पारेको प्रहरी निरिक्षक मित्र बहादुर आर्चायले जानकारी दिएका छन ।
सदरमुकाम देखि एक दिन टाढा रहेको कोटडाँडा गासिबबाट जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन बिहिबार पिडीत पक्ष प्रहरी कार्यालयमा पुगेका भएपनि सार्बजनिक बिदाका कारण पिडितको जिल्ला अस्पतालमा मेडिकल चेक जाँच गरि शुक्रबार जाहेरी दर्ता भएको र फरार रहेका तिनै जना आरोपितलाई प्रहरी खोजिमा लागी परेको प्रहरीले बताएको छ ।
0 comments
बिचार लेख्नुहोस्..