महिला हिंसाका घटना बढ्दो



मुगु न्युज डट कम----------
असोज ९ मुगु------------
जिल्लामा पछिल्लो समयमा महिला हिंसाका घटना दिन प्रतिदिन बढिरहेको अनौपचारिक सेवा केन्द्र ईन्सेकले जनाएको छ ।
विहिबार गमगढीमा आयोजना गरिएको नेपाल मानब अधिकार वर्ष पुस्तकको पुर्व समिक्षा कार्यक्रमका क्रममा ईन्सेक मुगुले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गएको तीन महिनामा जिल्लामा महिला हिंसा सम्बन्धि छ वटा घटना घटेका छन । असार ,साउन र भदौ महिनामा जर्वजस्ती करणीका घटना तीन वटा घटेको र त्यसका आरोपितलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । त्यस्तै बहु विवाह सम्बन्धि तिन वटा घटना घटेका छन ।  २०७० पौष महिना देखि ०७१ जेठसम्म महिला हिंसा सम्बन्धि तीन वटा घटना घटे पनि असार यता त्यो संख्या बढेर दोब्बर पुगेको ईन्सेकको प्रतिवेदनले देखाएको छ । सदरमुकाम बाहिरका गाउँ बस्तीमा महिला हिंसा सम्बन्धि घटना धेरै घटे पनि पिडीतले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन नसकेको देखिएको छ । कतिपय अवस्थामा यस्ता घटनाहरु गाउँघरमा नै मिलाउने गरिएको पाईएको छ । महिला हिंसा सम्बन्धि सवै मुद्दा जिल्ला प्रहरी कार्यालयमा आउने र प्रहरीमा आएका यस्ता घटनालाई कानुनी प्रक्रिया अनुसार पिडीतलाई न्याय र दोषीलाई सजाय दिने काम भईरहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले बताए ।
अहिले जिल्लाका २४ वटै गाविसमा महिला हिंसा सम्बन्धि वकालत गर्न आमा समुह, दवाव समुह गठन भएका छन भने सरकारी तथा गैर सरकारी निकायले समेत महिला हिंसा, महिला अधिकारका क्षेत्रमा काम गरिरहेका भने पनि पछिल्लो समयमा महिला हिंसा घट्नु साटो झन बढिरहेको छ । गाउँ घरमा महिला माथी हिंसा हुदा गाउँका अगुवा बसेर गाउँमा नै मिलाउने गरेका छन भने कति पय अवस्थामा पिडीत महिलाले पारिवारिक दवाव ,समाजको डरले पनि आफु माथी भईरहेको हिंसा सहन बाध्य छन ।

, ,

0 comments

बिचार लेख्नुहोस्..