बालकको उपचारका लागि आर्थिक सहयोग
मुगु न्युज डट कम------------
भदौ १९ मुगु ------------
दुई महिना अघि लडेर उपचार पाउन नसकेका नार्थपु गाविस वडा नम्बर ९ गहताडी गाउका ७ वर्षीय बालक सुन शाहीलाई आर्थिक सहयोग गरिएको छ ।
लडे पछि समयमा नै उपचार हुन नसक्दा दुई महिनापछि पुट्ठाको पछिल्लो भागको मासु कुहिएर झरिसकेको अवस्थामा जिल्ला अस्पताल ल्याईएका बालकको जिल्लामा उपचार हुन नसक्ने चिकित्सकले बताए पछि आर्थिक अवस्था कमजोर रहेको शाही परिवार चिन्तामा परेको थियो । आमा बावु दुवै जना सुस्त मनस्थिती र गरिबताका कारण उपचार गर्न नसक्ने अवस्थाका कारण बालकको उपचारमा समस्यामा समस्या शिर्षकको समाचार भाद्र ८ गतेको नागरिक दैनिकमा समाचार प्रकाशित भएपछि पुर्वको झापा जिल्ला घर भई हाल अमेरिकामा बस्दै आएकी रिपदिप्ती ढकालले बालकको उपचारका लागि दश हजार नेपाली रुपैया उपचार खर्च सहयोग गरेकी हुन । ढकालले उपचारका लागि दश हजार पठाए पछि जिल्ला अस्पतालमा कार्यरत डाक्टर भक्तदेव श्रेष्ठ र डाक्टर रणबहादुर बोगटीले दुई दुई हजार , पदमबहादुर मल्ल दुई हजार र सुरेशबहादुर शाहीले २ हजार पाँच सय गरेर १८ हजार पाँच सय विहिबार बालकका बावु धनपति शाहीलाई उपचार खर्च प्रदान गरिएको छ । बालकको घाउको मासु सबै झरेर हड्डि समेत देखिएकाले शरिरको अर्को भागको मासु काटेर हाल्नु पर्ने हुदा बालकलाई सुविधा सम्पन्न स्थानमा उपचार गरान लैजान जिल्ला अस्पतालले बताएको थियो । बालकको उपचार गर्न तीन महिना लाग्न सक्छ जिल्ला अस्पतालका डाक्टर भक्तदेव श्रेष्ठले भने । विहिवार प्रदान गरिएको १८ हजारले बालकलाई काठमाण्डौ लैजान नसकिने भएपछि बालकको उपचारका लागि युनाईटेड मिसन टु नेपाल ( युएम एन )नामक अन्तराष्टिय गैर सरकारी संस्थाले सहयोग गर्ने जनाएको छ । बालक सहित उसका बुवालाई समेत उपचार अबधी भर रेख देख गर्नु पर्ने अवस्था छ । उपचारका लागि झण्डै चार लाख खर्च लाग्छ त्यसका लागि हामीले केन्द्रसंग सल्लाह गरिरहेका छौ सायद शुक्रवारसम्म एकिन हुन्छ , युएम एन मुगु कलष्टरका कर्मचारी नेत्रबहादुर शाहीले मुगु न्युजसंग भने ।

0 comments
बिचार लेख्नुहोस्..