हवाई टिकट पाउनै गाह्रो



मुगु न्युज डट कम
असोज १३ मुगु
 म आएको पाँच दिन भई सक्यो चिनेजानेका कोही छैनन , टिकट मिलाई दिनु प¥यो भनेर भन्दा कसैले वास्ता गर्दैनन, यहाँ त आफ्नो मान्छे चाँहिदो रहेछ  हुम्ला मेलछाम गाविस मासिधारा गाउँ की कमला शाही शुक्रबार मुगुको ताल्च विमान स्थलमा गुनासो गर्दै भनिन ।
 शाही उदाहरण मात्र हुन । ताल्च विमान स्थलमा भेटिएका प्राय जसो सबै हवाई यात्रुको गुनासो यस्तै रहेको थियो । दशै नजिकै आएको तथा हवाई टिकट सहज नभएकाले कतिपय यात्रुहरु देशैमा घर पुगिदैन कि भन्ने पिरलोमा छन ।  मैले त मान्छे पनि चिनेको छैन कसलाई टिकट गरि देउ भन्ने अन्यौल छ । चार पाँच दिन अघि विमान स्थल पुगेका मान्छेहरु टिकट पाएका छैनौ भन्छन युनाईटेड मिसन टु नेपालका कर्मचारी नविन मोक्तानले भने । विमान स्थलका टिकट काउण्टरमा विमान सेवाका कर्मचारीलाई भेट्दा टिकट प्याक भईसक्यो भन्छन हवाई टिकट प्रणाली अस्त व्यस्त रहेछ , मोक्तानले भने । चार दिनसम्म विमान स्थलमा बसेर टिकट नपाए पछि जिल्ला खानेपानी तथा सरसफाई कार्यालयका प्रमुख दिनेश अधिकारी र कार्यालयका कर्मचारीहरुले गाडीबाट आउने योजनाको सामान चार्टर गरेर मकालु एयरको पिलाटस जहाँज झिकाए उनिसंग अरु हवाई यात्रुले समेत नेपालगञ्ज उड्ने मौका पाए । कतिपय हवाई यात्रुले हवाई टिकट नपाए पछि मालबाहक गाडीको पछाडी सामान राख्ने ठाउँमा बसेर गमगढी नाग्मको जोखिम पुर्ण सडकको यात्रा तय गर्ने गरेका छन ।
दशैंका लागि जिल्लाबाट नेपालगञ्ज ,सुर्खेत जान चाहने हवाई यात्रुहरुका लागि हिजो आज टिकटकै समस्याले पिरोलिरहेको छ । उता व्यापारिक सामान सतह मार्गबाट आउने तथा नेपालगञ्ज सुर्खेत देखि ताल्च विमान स्थलका लागि हवाई यात्रु र लोड नभएकाले धेरै उडान गर्न नसकिएको ताल्च विमान स्थलमा उडान भर्ने निजी विमान कम्पनिका कर्मचारीले बताईरहेका छन । जो पहिले आउछन उनिहरुले हवाई टिकट पाउछन , आफन्तलाई अगाडी नचिनेकालाई पछाडी पाने काम नगरेको उनिहरुको भनाई छ । अहिले तारा एयर, गोमा एयर र मकालु एयरले हवाई उडान गरिरहेका छन भने नेपाल वायु सेवा निगमले उडान गरेको छैन । एयरलायन्सका कर्मचारीले आफनो काउन्टरबाट टिकट वितरण गर्छन, यात्रुहरुले टिकट नपाएको भन्ने गुनासो त गर्छन हामीले केही गर्न सक्ने अवस्था छैन नेपाल नागरिक उड्ययन कार्यालय ताल्च विमान स्थलका प्रमुख भिमदत्त पन्तले भने । एयरलायन्सहरुले लोड नहुदा धेरै उडान गर्न समस्या परेको भनिरहेका छन यसले पनि केही प्रभाव परेको हुन सक्छ उनले भने ।


, ,

0 comments

बिचार लेख्नुहोस्..