वाल दिवशका अवसरमा सम्मान प्रदान


मुगु न्युज डट  कम
भदौ २९ मुगु
 बालबालिकाका कुरा सुनौ , बाल दुव्र्यवहार अन्त्य गरौ भन्ने मुल नाराका साथ आईतवार गमगढीमा आयोजना गरिएको राष्टिय बाल दिवशका अवसर विभिन्न व्यक्ति तथा संघ संस्थालाई सम्मान गरिएको छ ।
 बाल संरक्षणको क्षेत्रमा महत्वपुर्ण योगदान दिएको भन्दै जिल्ला बाल कल्याण समितिले गाउँ बाल संरक्षण तथा सम्बद्र्धन उप समिति रुगा र किर्डाक नेपाल मुगुलाई सम्मान प्रदान गरिएको हो । सेभ द चिल्डेनको आर्थिक सहयोगमा बाल संरक्षण सम्बन्धि उत्साह जनक काम गरेको भन्दै रुगा र किर्डाकलाई सम्मान गरिएको आयोजकले जनाएको छ । त्यस्तै संस्थागत स्याहार मुक्त बालबालिका गाविस घोषणा गर्न महत्वपुर्ण योगदान दिएको भन्दै किर्डाक नेपालका बाल संरक्षण अधिकृत डबलबहादुर रोकायालाई रुगा गाविसले सम्मान गरेको छ । कार्यक्रमका अवसरमा विभिन्न मनोरञ्जन समेत प्रस्तुत गरिएको थियो ।

0 comments

बिचार लेख्नुहोस्..