प्राविधिक शिक्षालयको परिक्षा सम्पन्न



मुगु न्युज डट कम---------------
असोज ४ मुगु---------------
कर्णाली प्राविधिक शिक्षालय जुम्लाले हरेक वर्ष विभिन्न प्राविधिक विषयको अध्ययनका लागि लिदै आएको परिक्षा अन्र्तगत यस वर्षको परिक्षा पनि सम्पन्न भएको छ ।
निर्माण ,स्वास्थ्य र कृषि विषयका लागि आह्वान गरिएको आवेदन पछि शनिवार सञ्चालन गरिएको परिक्षामा तीन सय पचास बढि विद्यार्थी सहभागि भएको परिक्षाका सहायक केन्द्राध्यक्ष जयप्रकाश मल्लले जानकारी दिए । यस वर्ष सञ्चालन गरिएको परिक्षाबाट सह ओभर सियर चार जना, अनमी चार जना, जेटिए पाँच जना र सिएम ए चार जना छनौठ हुने छन भने आफ्नै खर्चमा पढ्न चाहने १२ जना पनि यसै परिक्षाबाट छनौठ हुने छन । २९ महिना सम्म शिक्षालयमा पढ्ने व्यवस्था रहेको छ । प्राविधिक विषय पढे पछि सहज र छिटो रोजगार पाउने हुँदा पनि यि विषय प्रति पछिल्लो समयमा आर्कषण बढिरहेको छ । सरकारी तथा गैर सरकारी निकायमा रोजगार नपाए पनि आफुले पढेको विषयलाई सीप मुलक पेशामा प्रयोग गर्न सकिने हुँदा पछिल्लो पुस्ता यतै तिर बढि आर्कषित भएको हुन सक्ने मल्लले बताए । ३० कोटाका लागि ३ सय ६८ जनाले परिक्षा आवेदन भरेका र ३ सय पचासले परिक्षा दिएका छन ।

, ,

0 comments

बिचार लेख्नुहोस्..