विदाई तथा शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न
मुगु न्युज डट कम--------------
असोज ९ मुगु---------------
नेपाली हिन्दुहरुको ठुलो चाड बडा दशैंका अवसरमा विहिवार शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ मुगु शाखाले जिल्लामा क्रियाशील पत्रकारहरुबीच शुभ कामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो । जिल्लामा क्रियाशील पत्रकारहरुले जिल्लाको विकास, सुशासन तथा राज्य र समाजलाई जवाफदेही बनाउने गरि कलम चलाउनु पर्नेमा समेत जोड दिएका थिए । शुभ कामना आदान प्रदान कार्यक्रमसंगै जिल्ला प्रशासन कार्यालयमा १८ महिना बसि भर्खरै सरुवा भई जान लागेका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीलाई सम्मान तथा बिदाई समेत गरिएको छ । कार्यक्रममा सहभागि भएका पत्रकारहरुले पराजुली जिल्लामा रहँदा सञ्चार क्षेत्रको र स्थानीय प्रशासनबीचमा सहयोग आदान प्रदान हुनुका साथै पत्रकारको सुरक्षा र स्वतन्त्रताका लागि बलियो सम्बन्ध स्थापित भएको बताएका थिए । कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले अन्यत्र जिल्लामा पत्रकारहरु र प्रशासन बीच सम्बन्ध राम्रो नभएको भन्ने कुरा सुने पनि मुगुमा सम्बन्ध राम्रो हँुदा काम गर्न सहज भएको बताए । काठमाण्डौ बस्दा मुगुमा कर्मचारीहरुलाई काम गर्न असहज हुन्छ, खान बस्न लगायतका धेरै समस्या हुन्छ भनेर साथीहरुले भन्ने गरे पनि मैले त्यस्तो कुनै अनुभव गरिन । यो पटक गए पनि पुन कुनै बेला फेरी यस जिल्ला आएर सेवा गर्छु पराजुलीले भने । कर्णाली दुर्गम छ विकटता धेरै छ भनेर काठमाण्डौमा मागि खाने भाँडो बनाउने धेरै रहेछन , तर बास्तविक रुपमा कर्णाली आएर काम गर्नु सेवा गर्नु भनेको गर्वको विषय रहेछ उनले भने । जिल्लामा नागरिकलाई सेवा प्रवाह सहज रुपमा प्रदान गरेको , सुशासन पारदर्शीताका क्षेत्रमा राम्रो योगदान दिएको भन्दै नेपाल पत्रकार महासंघ मुगुले पराजुलीलाई प्रसंशा पत्र समेत प्रदान गरेको छ ।
0 comments
बिचार लेख्नुहोस्..