जलवायु सम्मेलनको तयारी ९० प्रतिशत पुरा
मुगु न्युज डट कम-------------
कार्तिक ४ मुगु---------------
आउदो कार्तिक १३ र १४ गते मुगुको रारामा हुन लागेको जल वायु परिवर्तन सम्मेलनका लागि नब्बे प्रतिशत तयारी पुरा भई सकेको आयोजक किर्डाक नेपालले जनाएको छ ।
सम्मेलनमा प्रधान मन्त्री सुशील कोईराला सहित योजना आयोग , विभिन्न मन्त्रालय, जल वायु सम्बन्धि काम गर्ने संघ संस्था तथा विज्ञहरु , हिमाली क्षेत्रका सभासद तथा सञ्चारकर्मि गरेर काठमाण्डौबाट ९० जना रारा पुग्ने छन भने जिल्ला भित्रका अन्य सहभागि गरेर १ सय ५० जना सहभागि हुने किर्डाक नेपालका कार्यक्रम प्रबन्धक गोविन्द शाहीले जानकारी दिए । वातावरण मन्त्रालय र किर्डाकको आयोजनामा हुन लागेको सम्मेलनमा सहभागि हुनेलाई दुई दिनसम्म खाना र बस्नको लागि होटलको व्यवस्था , सम्मेलन स्थलको छनौठ लगायतका कामहरु पुरा भई सकेको उनले बताए । अहिले सम्मको स्थलगत अध्ययन अनुसार रारामा रहेको डाँफे होटेल र माझ घट्टमा रहेका केही अन्य होटेलमा १ सय ३० जना बस्न सक्ने र बाँकिलाई अस्थायी होटेल ( टेण्ट ) को व्यवस्था गर्नु पर्ने शाहीले बताए ।
सोमबार सदरमुकाम गमगढीमा भएको सर्व पक्षिय बैठकमा शाहीले जानकारी दिदै भने , सवै होटेलहरुलाई सम्मेलनमा आएका आगन्तुकलाई स्थानीय खानाको व्यवस्था गर्न भनेका छौ तर चिसोका कारण सुत्नमा केहि कठिनाई हुन्छ कि भन्ने शंका छ । सम्मेलनको कुल खर्च ३६ लाख लाग्ने भए पनि अहिलेसम्म १२ लाख मात्र जुटेको उनले बताए । विश्वका सम्पन्न तथा शक्ति राष्टले विकास गर्दै गईरहेको औधोगिकरणका कारण नेपालको जल वायुमा समेत प्रभाव पर्दा बाढि पहिरो , हिमालमा हिउँ पग्लिन थालेका कारण हिमाली जन जीबनमा दिन प्रतिदिन खतरा बढ्दै गएको विषयमा सम्मेलनमा बहस हुने भएको छ । सम्मेलनमा सहभागि हुन आएका विभिन्न निकायले जल वायु परिवर्तनका कारण पर्ने प्रभाव र रोकथामका विषयमा समेत कार्य पत्र प्रस्तुत गर्ने छन । सम्मेलनले जल वायु परिवर्तनका विषयमा छलफल, बहस गरेसंगै रारामा पर्यटन प्रबद्र्धन र विकासका लागि रारा पर्यटन विकास गुरु योजना निर्माण कार्यको थालनी गरिने छ । सोमवारको छलफलले सम्मेलनलाई सफल बनाउन जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यलय र सरोकार वाला बिच जिम्मेवारी बाँडफाँड भएको छ । स्वागत द्धार निर्माण, शान्ति सुरक्षा, प्राथामिक उपचार, स्वयम सेवक अस्थायी चर्पी लगायतका विषयमा कामको जिम्मेवारी बाँडफाँड भएको हो ।
0 comments
बिचार लेख्नुहोस्..