दशै र तिहारमा समेत ग्रामीण बस्तीका जनताले चामल पाएनन



मुगु न्युज डट कम-----------
कार्तिक ४ मुगु-----------
जिल्लाका सोरुकोट, पुलु, श्रीकोट र हुम्लाको सर्केगाढ खाद्य डिपो मध्य मुगुको श्रीकोट बाहेक अन्य तिनवटा डिपोको २ हजार २ सय २१ दशमलब ८० क्वीन्टल खाद्यन्न ठेकेदारले ढुवानी गर्न नसकेपछि त्यहाँ स्थानीयवासीहरुले दशै तिहारमा समेत चामल पाउन सकेका छैनन ।
गएको आर्थिक वर्षमा सदरमुकाम स्थित खाद्य संस्थानको वितरण केन्द्रका लागि १२ हजार क्वीन्टल, पुर्वी करानको पुलु डिपोका लागि एक हजार नौ सय क्वीन्टल , सोरुकोट डिपोका लागि १९ सय क्वीन्टल र हुम्लाको सर्केगाड डिपोका लागि एक हजार क्वीन्टल खाद्यन्न कोटा निर्धारण गरिएको थियो । जिल्लाको पश्चिम खत्याड भेक स्थित श्रीकोट डिपोका लागि भने नेपाल खाद्य संस्थान सुर्खेतबाट खाद्यन्न ढुवानी हुने गरेको छ । गएको असार मसान्तसम्म पुलु डिपोको  १९ सय क्वीन्टल मध्य १२ सय ३३ दशमलव ६० क्वीन्टल खाद्यन्न ढुवानी भएको थियो  भने बाँकि खाद्यन्न ढुवानी हुन सकेन । त्यस्तै सोरुकोट डिपोकोे १९ सय क्वीन्टल मध्य ७ सय ८० दशमलव ३० क्वीन्टल र हुम्लाको सर्केगाड डिपोका लागि १ हजार क्वीन्टल मध्य ५ सय ६७ दशमलव ६० क्वीन्टल मात्र ढुवानी गरेको नेपाल खाद्य संस्थान शाखा कार्यालय मुगुले जनाएको छ ।
यता गाउमा जनताले आफुले पाउने खाद्यन्नको रकम नउठाए पछि आफुहरुले आर्थिक व्यय भार व्यहोरेर खाद्यन्न लिन नसकेको जनाएका छन । हामीले सबै खाद्यन्नको रकम आफै हालेर गाउँमा खाद्यन्न लिदा रकम उठन सक्दैन त्यसैले पहिले गाउलेहरुले जति रकम उठाउछन त्यतिको मात्र खाद्यन्न ढुवानी गरि दिन्छौ पुलु डिपोको खाद्यन्न ढुवानीको जिम्मा लिएका पालजोर लामाको भनाई रहेको छ ।
 यता समयमा नै ठेकेदारले खाद्यन्न ढुवानी हुन नसक्दा ग्रामीण क्षेत्रमा जानु पर्ने खाद्यन्न नगए पछि ति क्षेत्रका स्थानीयवासीलाई दशै र तिहारमा चामलको अभाव भएको छ । खेतवारीमा लगाएको पाखो धान र रोपेको धान अहिले पनि पाकिसकेको अवस्था छैन । नेपाल खाद्य संस्थानको चामल यो वर्ष मात्र होईन हरेक वर्ष यस्तै हुन्छ, त्यता ढुवानी गरिएको भन्ने खाद्य संस्थानको तथ्यांक सहि भए पनि चामल बुझि सकेपछि ठेकेदारले गमगढीमा बेच्ने गर्छन फोतु गाविसका स्थानीयवासी मेल बहादुर शाहीको भनाई छ ।

, , ,

0 comments

बिचार लेख्नुहोस्..