तोकिएको अबधीमा संविधान जारि गर्न दलहरुले दवाव दिने



मुगु न्युज डटकम---------------
कार्तिक ३० मुगु-------------
 २०७१ माघ ८ गते तोकिएको अबधिमा संविधान जारी गर्नका लागि जिल्ला स्थित राजनीतिक दलहरुले आ आफ्ना पार्टीका शिर्ष नेता तथा सभासदहरुलाई दबाव दिने प्रतिबद्धता जनाएका छन ।
आईतवार सदरमुकाम गमगढीमा नेपाल पत्रकार महासंघ मुगु शाखाले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा सहभागि भएका राजनीतिक दलहरुले यस्तो प्रतिबद्धता जनाएका हुन । नेपाली जनतासंग गरेका बाचा नतोडौं , २०७१ माघ ८ गते भित्रै संविधान निर्माण गरौं भन्ने मुल नाराका साथ महासंघले देश भरि नै सञ्चालन गरिरहेको अभियान अन्र्तगत आयोजना गरिएको अन्र्तक्रिया कार्यक्रममा नेपाली काँग्रेस  , नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पाटी, राष्ट्रिय अखण्ड पाटी, नेपाल परिवार दलका स्थानीय नेताहरुले आउदो माघ ८ गते संविधान जारी गर्ने भनि दलहरुले तोकेको अबधीमा नै संविधान जारी गर्न सकेसम्म अधिकतम सहमति प्रयास गर्नु पर्ने बताए । सबै राजनीतिक दलहरुको साझा सहमति गरेर नयाँ संविधान घोषणा गर्न नसकिए संविधान सभामा गएर प्रक्रियाबाट भए पनि संविधान जारी गर्नु पर्नेमा आफुहरुले जिल्ला तहबाट आफ्ना शिर्ष नेता ,केन्द्रीय समिति र संविधान सभाका सदस्यलाई सुझाव समेत दिने प्रतिबद्धता गरेका छन ।
कार्यक्रममा सहभागि एकिकृत नेकपा माअओवादी र नेकपा माओवादीले भने सहमतिबाट बाहेक संविधान सभाको दुई तिहाई बहुमतले जारी हुने संविधान आफुहरुलाई मान्य नहुँने र त्यस तर्फ काँग्रेस एमाले गएकाले संघ्रर्ष गरिने बताए । काँग्रेस र एमालेले शान्ति सम्झौताका वेला गरिएको १२ बुँदे सम्झौता देखि हालसम्म गरिएका अन्य सम्झौता कार्यान्वयन गर्ने कुरामा टाढीरहेकाले आफ्नो पाटीले सहमतिद्धारा जारी हुने संविधान बाहेक अन्य प्रक्रिया नमान्ने एमाओवादीका नेता सुकविर बुढाले बताए । देशको मुल कानुन संविधान भएकाले दलहरुको साझा सहमति अनिवार्य भए पनि नेपाली सेनाको घेराबीच गरिएको संविधान सभाको निर्वाचन र त्यस निर्वाचनबाट बनेको संविधान सभाले जारी गरेको संविधान नेपाली जनताका पक्षमा नआउने हुँदा दलहरुबीच न्युनतम साझा सहमतीबाट देशको नयाँ संविधान जारी गर्नु पर्ने नेकपा माओवादीका केन्द्रीय सदस्य मंगलबहादुर शाहीले बताए ।
 कार्यक्रममा नेपाली काँग्रेसका देविलाल मल्ल, नेकपा एमालेका कार्य वाहक अध्यक्ष धर्मबहादुर शाही, राप्रपाका अध्यक्ष राजबहादुर मल्ल, अखण्ड पाटीका केन्द्रीय सदस्य देविकृष्ण रावल , नेपाल परिवार दलका केशरसिंह कामी लगायत एक दर्जन राजनितिक दलका नेताहरुको सहभागिता रहेको थियो । सहभागिहरुले अब बन्ने देशको नयाँ संविधानमा
स्वतन्त्र प्रेसको विकास र रक्षाका लागि श्रम जिवी पत्रकार ऐनलाई कार्यन्वयनका लागि विषेश महत्वका साथ समावेश गरिनु पर्नेमा जोड दिएका थिए ।

, ,

0 comments

बिचार लेख्नुहोस्..