माल बाहक गाडी पल्टिदा चार जना घाईते


मुगु न्युज डट कम
म्fसिर ६ मुगु
 सुर्खेत देखि मुगु सदरमुकाम गमगढीसम्म व्यापारिक सामान पु¥याएर फर्किने क्रममा गमगढी नजिकै रहेको नेपाली सेनाको सुरक्षा पोष्ट नजिक सडकमा शनिवार वेलुकी मालपाहक गाडी पल्टिदा  चार जना घाईते भएका छन ।
   घाईते हुनेमा किम्री गाविस वडा नम्बर  ४ का ६० वर्षिय छापालुंगे लामा,  पिना गाविस वडा नम्बर ४ झ्यारी गाउँकी बेल्की भाम, सोही गाउँका २० वर्षीय  मक्क भाम  र पिना गाविस वडा नम्बर ९ का नबेन्द्र शाही  रहेका छन । घाईते चार जना मध्य लामा र बेल्की भाम गम्भीर छन भने अन्य दुई जना सामान्य रहेको बताईएको छ । घाईतेको जिल्ला अस्पताल मुगुमा  उपचार भईरहेको बताईएको छ ।  लामा बाहेक अन्य तीन जना किनमेलका लागि सदरमुकाम आएका र घर फर्कने क्रममा मालवाहक गाडी चढेर जान लागेका थिए । हिडेर दुई घण्टा लाग्ने र गाडीमा आधा घण्टा लाग्ने भएकाले उनिहरुले गाढी चढेर घर फर्किन खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ग १ ख ४३५६नम्बरको मालबाहक गाडी सडकमा पल्टिए लगत्तै चालक र सह चालक फरार रहेको प्रहरीले जनाएको छ ।

, ,

0 comments

बिचार लेख्नुहोस्..