बाल विवाह मुक्त गाविस घोषणा गरिदै


मुगु न्युज डट कम...............
मंसिर ६ मुगु-----------------------
जिल्लाका २४ वटा गाविस मध्य जिल्लाको पश्चिम खत्याड भेक स्थित खमाले गाविसलाई वाल विवाह मुक्त गाविस घोषणा गर्न लागिएको छ ।
सेभ द चिल्डेनको आर्थिक सहयोग तथा किर्डाक नेपाल मुगुको प्राविधिक सहयोगमा तीन वर्ष देखि सञ्चालन भएको सुरक्षित समुदाय कार्यक्रम पछि गााविसलाई बाल विवाह मुक्त गाविस घोषणा गर्न लागिएको किर्डाक नेपाल मुगुले जनाएको छ । जोखिममा परेका बालबालिका तथा अन्य सवै बबालबालिकाहरुका लागि गाविससंगको समन्वयमा बबबाल संरक्षण कार्यक्रम सञ्चालन गरिएको बाल संरक्षण कार्यक्रमका संयोजक डबल रोकायाले जानकारी दिए । तिन वर्षसम्म गाविसमा वाल विवाह विरुद्ध विभिन्न खालका जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको थियो । गाविस भरिका नौ वटै वडाहरुमा बाल क्लबहरु गठन गरेर उनिहरुका माध्यमले नै सचेतना कार्यक्रम सञ्चालन गरिएको रोकायाले जानकारी दिए । बाल बालिकाहरुलाई जनचेतना प्रदान गर्नुका साथै अभिभावकहरुलाई समेत बेला बेला सचेतना मुलक कार्यक्रम प्रदान गरे पछि तीन बर्ष पछि बाल विवाह म’क्त गाविस घोषणा गर्न लागिएको किर्डाक नेपालले जनाएको छ । गाविसका नौ वटै वडाका सबै घर धुरीकको अनुगमन गरे पछि जिल्ला स्थित जिल्ला बाल कल्याण समिति ,सरकारी र गैर सरकारी निकाय, सरोकारवाला निकायसंग छलफल गरे पछि मंसिर दश गते बाल विवाह मुक्त गाविस घोषणा गर्ने निर्णय गरिएको बताईएको छ ।
 जिल्लामा व्याप्त रहेको वाल विवाहलाई न्युनिकरण गर्न सरकारी तथा गैर सरकारी निकायबाट लाखौ खर्च गरेर विभिन्न कार्यक्रम सञ्चालन गरे पनि दिन प्रतिदिन वाल विवाह घट्नुको साटो झन बढ्दै गएका छन । जिल्लाका आठ गाविसलाई खुला दिसा मुक्त गाविस घोषणा गरे पछि  अहिले ति गाविसको अवस्था पहिले जस्तै बनेको छ । खुला दिसामुक्त गाविस घोषणा गरेका गाविसमा अहिले चर्पी नै नभेटिए जस्तै बाल विवाह मुक्त गाविस घोषणा गरे पछि अवस्था उस्तै हुने होकि भन्ने चर्चा हुन थालेको छ ।

, , ,

0 comments

बिचार लेख्नुहोस्..