व्यवसायिक जडिबुटी खेति तर्फ आकर्षित हुँदै स्थानीयवासी



मुगु न्युज डट कम...............
मंसिर ६ मुगु ................
पछिल्ला तीन वर्ष यता जिल्लाका अधिकाँश स्थानीयवासीहरु व्यवसायिक रुपमा जडिबुटी खेती तर्फ आर्कषित हुन लागेको जडिबुटी सम्बन्धी काम गरिरहेको एक गैर सरकारी संस्थाले जनाएको छ ।
 युरोपियन युनियनको आर्थिक सहयोग , एन्सावको प्राविधीक सहयोगमा ग्रामीण सामुदायिक विकास केन्द्रले जिल्लाका विभिन्न स्थानमा स्थानीयवासीहरुलाई जडिबुटी संकलन ,प्रशोधन तथा बजार व्यवस्थापनका लागि सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । सशक्तिकरणका कार्यक्रम सञ्चालन गरेपछि अहिले स्थानीयवासीहरुले अतिस, चिराईतोको व्यवसायिक खेति सुरु गर्न थालेका र जटामासी, कटुकी, यार्सागुम्बा संरक्षण , संकलन अवधीका विषयमा जानकार रहेको संस्थाले जनाएको छ । विभिन्न सामुदायिक बनका पदाधिकारीहरु र उपभोक्ताहरुलाई समुदाय स्तरमा विभन्न जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको , राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार मुल्यको जानकारी गराएको र जडिबुटी नर्शरी स्थापना कसरी गर्ने भन्ने विषयमा पनि जनचेतना फैलाउने काम गरेको संस्थाको भनाई छ । आईतवार गमगढीमा आयोजना गरिएको प्रमुख जडिबुटीको मुल्य श्रृङखला सम्बन्धि गरिएको विस्तृत अध्ययन  प्रतिवेदन सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा उक्त जानकारी गराईएको हो ।

, ,

0 comments

बिचार लेख्नुहोस्..