तीन मिटर लामो पाईप बम भेटियो



मुगु न्युज डट कम---------------
मंसिर ५ मुगु-------------
खानेपानीको लाईन मर्मत गर्ने क्रममा सदरमुकाम गमगढीमा तीन मिटर लामो पाईप बम भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय भन्दा करिब एक सय मिटर टाढा स्थानीयले खानेपानीको पाईप विग्रको स्थानमा खन्नेक्रममा उक्त बम भेटिएको हो । बम भेटिएपछि प्रहरीलाई खबर पुगे पछि प्रहरीले त्यस आसपास कसैलाई जान दिएको छैन । बम निस्क्रिय बनाउन नेपाली सेना चाहिने भएकाले रारा स्थित दुर्गा भञ्जन गुल्ममा खबर गई सकेको र सेना आएपछि बम निस्क्रिय बनाईने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख श्रीहजुर सिलवालले जाकारी दिए । तीन मिटर लम्बाई र चार ईन्च मोटाई रहेको यो बम द्धन्द्ध कालमा छोडीएको र पुरानो भईसकेको सिलवालको भनाई रहेको छ ।

,

0 comments

बिचार लेख्नुहोस्..