मदिरा नियन्त्रका लागि विद्यालयमा कक्षा सञ्चालन
मुगु न्युज डट कम------------
मंसिर ५ मुगु-----------------
जिल्लामा मदिरा सेवनबाट हुने झै झगडा र उत्पन्न हुने अपराध नियन्त्रण गर्न प्रहरीले शुक्रवार जिल्ला भरिका माध्यामिक तथा उच्च माध्यामिक विद्यालयमा कक्षा सञ्चालन गरेको जनाएको छ ।
मदिरा सेवनकै कारण जिल्लामा झै झगडा र अपराधिक क्रियाक्लाप बढ्न थालेकाले समुदाय स्तरबाटै जनचेतना मुलक अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्रीहजुर सिलवालले जानकारी दिए । शिक्षक र विद्यार्थी मार्फत यस्तो अभियानको सन्देश छिटो प्रवाह हुने भएकाले शिक्षक ,शिक्षीका र विद्यार्थीहरुका लागि मदिरा नियन्त्रण सम्बन्धि एक दिने कक्षा सञ्चालन गरिएको छ । जिल्ला सदरमुकाम गमगढीमा जिल्ला प्रहरी कार्यालय र भेक क्षेत्रमा प्रहरी चौकिका प्रहरी खटाएर एक दिने कक्षा सञ्चालन गरिएको हो ।
0 comments
बिचार लेख्नुहोस्..