विरामी विदा नपाए पछि विद्युत कर्मचारीको मृत्यु
मुगु न्युज डट कम----------------------------
मंसिर १० मुगु-----------------------
नेपाल विद्युत प्राधिकरण गमगाढ साना जल विद्युत वितरण केन्द्रका एक कर्मचारीले विरामी पर्दा विरामी विदा समेत नपाएर ज्यान गुमाएको रहस्य खुलेको छ ।
वितरण केन्द्रका कार्यालय सहयोगि परेकलाल बुढाले दशै तिहारमा आफ्नो घर जुम्ला गएका र लामो समय घरमा नै बसेको भन्दै वितरण केन्द्रका प्रमुख अमित गौतमले विदा स्वीकृत गर्न नमाने पछि दम रुगा खोकि र निमोनियाँले थला परेका बुढाको उपचारका लागि जिल्ला अस्पताल मुगुमा लिएको पछिल्लो दिन मंसिर २ गते मृत्यु भएको वितरण केन्द्र स्रोतले नाम नछाप्ने सर्तमा नागरिकलाई जानकारी दिएको छ । कार्यालय प्रमुख गौतमले दशै तिहारमा वितरण केन्द्रमा नबसेको भन्दै मृतक बुढाले पटक पटक विरामी भएकाले तलब र विरामी विदा दिन अनुरोध गर्दा पनि विदा स्वीकृत नगरेको स्रोतले बतायो । अन्य कर्मचारीहरुलाई समेत गौतमले आफु नेपालगञ्जको डन हुँ मलाई कसले के गर्न सक्छ , कसैले केहि गरे नेपालगञ्ज झर्दा देखाई दिन्छुसम्म भन्ने गरेको कर्मचारीको भनाई छ । मृतक बुढाले विद्युत उत्पादन गृहमा रेख देख गर्दै आईरहेका र चिसो अध्याधिक हुँदा निमोनियाँले धेरै च्यापेपछि मात्र कार्यालय प्रमुख गौतमले जिल्ला अस्पताल लैजान अरु कर्मचारीलाई आदेश दिएको स्रोतको भनाई छ ।
दशैमा कार्यालय बस्ने बुढाको पालो भए पनि कार्यालयमा नबसेर चालिस दिनसम्म उपस्थित नभएको तथा एक हप्ताको विदा मात्र आफुले स्वीकृत गर्न मिल्ने हुँदा बुढालाई विद्युत प्राधिकरण क्षेत्रिय कार्यालयबाट कार्यालय प्रमुखको सिफारिसमा विरामी विदा स्वीकृत गराउन भने पनि बुढाले नगरेको कार्यालय प्रमुख गौतमले बताए । कर्मचारीलाई समस्या पर्दा वा विरामी पर्दा नेपाल विद्युत प्राधिकरणले सापटी समेत दिने गरेको छ । उनलाई सापटी रकम दिने पत्र जिल्ला पुगे पनि ड्राफ्ट आउन नसकेकाले रकम दिन नसकिएको गौतमले बताए । मलाई पनि नेपाल विद्युत प्राधिकरण काठमाण्डौबाट समेत बुढाले विदा नपाएर ज्यान गएको भन्ने कुरा आएको थियो ,मैले सबै झुटो हो भने तपाईले पनि त्यहि सोध्नु भयो बेकारको हल्ला मात्र हो हल्ला पछि नलाग्नुस पत्रकार ज्यु टेलिफोनमा उनले भने । अहिले वितरण केन्द्रका कर्मचारीहरु र बजारमा कार्यालय प्रमुखका कारण आफ्नै कर्मचारीको ज्यान गएको भन्ने चर्चा चलिरहेको छ । सुरुमा नै विरामी विदा माग्दा कार्यालय प्रमुखले विदा स्वीकृत गरि दिएको भए बुढाको ज्यान जाँदैन थियो । एक कर्मचारीले भने । हामीले विदा स्वीकृत गरिदिनु प¥यो पनि भन्यौं तर हाकिम साब उल्टै हामीसंग रिसाउनु भयो उनको भनाई थियो ।
0 comments
बिचार लेख्नुहोस्..