जिल्लाको पहिलो बाल विवाह मुक्त गाविस घोषणा
मुगु न्युज डटकम-----------------------
मंसिर १० मुगु----------------------
जिल्लाका २४ वटा गाविस मध्य पश्चिम खत्याड भेग स्थित खमाले गाविसलाई बुधबबार विभिन्न स्थानीय साँस्कृतिक कार्यक्रम सहित बाल विवाह मुक्त गाविस घोषणा गरिएको छ ।
सेभ द चिल्ड्नको आर्थिक सहयाोगमा किर्डाक नेपाल मुगुले तीन वर्ष देखि सञ्चालन गरिरहेको सुरक्षित समुदाय कार्यक्रम अन्र्तगत बुधबार खमाले गाविसलाई बाल विवाह मुक्त गाविस घोषणा गरिएको किर्डाक नेपाल मुगुले जानकारी दिएको छ । गाविसका सबै वडाहरु र बस्तिमा लगातार जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिएका र विशेष गरि बालबालिका र तिनका अभिभावक लक्ष्यीत सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गरे पछि यो गाविसलाई बुधबार बाल विवाह मुक्त गाविस घोषणा गर्न सम्भव भएको किर्डाक नेपालका जिल्ला संयोजक पदमबहादुर मल्लले बताए ।
३ सय ४६ घर धुरी रहेको यो गाविसमा पुरुषकको जनसंख्या १ हजार १ सय २७ र महिलाको जनसंख्या १ हजार ७५ गरि जम्मा जनसंख्या २ हजार २ सय २ जना रहेको छ । घोषणा कार्यक्रममा सदरमुकाम देखि सरकारी तथा गैर सरकारी निकायका एक दर्जन प्रतिनीधी सहभागि भएका थिए । गाविसका सबै वडाहरुमा बाल क्लब गठन गरिएका, गाविसको मातहतमा रहेको गाउँ बाल संरक्षण सम्र्बद्धन उप समिती र वडा नागरिक मञ्चलाई सक्रिय बनाए पछि खमाले गाविसको आयोजनामा जिल्लाको पहिलो बाल विवाह मुक्त गाविस घोषणा भएको छ । यो गाविसलाई जिल्ला कै पहिलो बाल विवाह मुक्त गाविस घोषणा गरिए पछि अन्य २३ वटा गाविसलाई समेत दवाव पर्ने अपेक्षा गरिएको छ । जिल्लामा घरको कामको बोझ कम गर्न अभिभावकहरुले नै उमेर नपुग्दै आफ्ना छोरा छोरीको विवाह गराउने प्रचलन छ । बाल विवाह कै कारण जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढि रहेका छन । जिल्ला अदालतको तथ्याकं हेर्दा बार्षिक एक दर्जन सम्बन्ध विच्छेदका मुद्दा पर्ने गरेको देखिएको छ भने बहु विवाहका मुद्दा पनि उतिकै देखिएका छन । जिल्ला भरिका २४ गाविस मध्य सबै भन्दा बढि बाल विवाह हुने गाविसमा कार्कीवाडा र कालै गाविस अगाडी देखिएका छन ।
0 comments
बिचार लेख्नुहोस्..