किर्ते गर्ने बैक कर्मचारी निलम्बीत
मुगु न्युज डटकम-----------------------
मुगु पौष १५ -----------------------
बैक तथा वित्तिय संस्था भनेका नागरिको नगद बचत गर्ने सुरक्षित क्षेत्र मानिन्छ तर राष्ट्रिय बाणिज्य बैंक मुगु शाखाबाट नागरिकको बैक खाताबाट बैंक कर्मचारीको मिलेमतोमा रकम चोरी भएको खुलासा भएको छ ।
राष्ट्रिय बाणिज्य बैक मुगु शाखाका लेखापाल शिवलक्ष्मी थापाको मिलेमतोमा नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक बिक्रम बहादुर शाहीले आफ्नै विद्यालयका शिक्षक र अन्य सर्वसाधारणको बैकमा रहेको खाताबाट बेला बेला लाखौ रकम झिकेको पाईएको छ । शाहीले आफ्नै विद्यालयका शिक्षक हंशजंग शाहको राष्ट्रिय बाणिज्य बैकमा रहेको खाता नम्बर ७६१२ बाट०७१ असोज २४ गते १८ हजार रकम झिकेका थिए । सोही विद्यालयका अर्का शिक्षक खडक बहादुर बुढाको खाता नम्बर ४०६०००९२०११० बाट असोज १३ गते शाहीले २५ हजार ५ सय रकम झिकेको बैक अभिलेखमा उल्लेख छ । यि दुवै जनाले विद्यालयको अर्ध वार्षिक परिक्षा सकेर सदरमुकाममा आई आफ्नो बैक खाताबाट रकम झिक्न खोज्दा रकम चोरी भएको थाहा पाएको शाह र बुढाले बताए ।
प्रधानाध्यापक शाहीले आफ्नै विद्यालयमा कार्यरत शिक्षकसंगै गमगढी बजारमा आर्ट व्यवसाय सञ्चालन गर्दै आईरहेका भिई गाविसका प्रदिप बुढाको बैक खाता नम्बर ६९०३। १० बाट कार्तिक ४ गते २० हजार रकम झिकेका थिए । आफ्ना बुवा विरामी भए पछि उपचार गर्न रकम झिक्न जाँदा आफुले काटेको चेकमा उल्लेख भएको रकम बैकले छैन भन्दा पौष ४ गते बैंक स्टेटमेन्ट मागेर हेर्दा विक्रम शाहीले २० हजार रकम झिकेको थाहा पाएको प्रदिपले बताए । शाहीले यसरी आफ्नो खाताबाट बैक कर्मचारीको मिलेमतोमा किर्ते गरि रकम चोरी गरेको थाहा पाए पछि पिडीत तीनै जनाले राष्ट्रिय बाणिज्य ब्रकमा आवश्यक कार्वाही र रकम अशुली गरिदिन निवेदन दिएका छन । शाहीले अघिल्लो वर्ष आफना विद्यालयका शिक्षकहरुको एक एक महिनाको तलब समेत खाई दिएको शिक्षकहरुले बताएका छन । शाहीले विद्यालय नगई सदरमुकाम स्थित आफ्नै घरमा विद्यालय प्रशासन सम्पर्क कार्यालय खोलेका र विद्यालयमा धेरै अनियमितता गर्दा वेला वेला शिक्षा कार्यालयमा मुर्मा गाउँका सर्व साधरण डेलिगेशनमा आउदा शाहीले केटा लगाएर गाउँलेलाई कुटाउन खोजेको पनि शिक्षकको भनाई छ । त्यस्तै गुरु मावि भिईका शिक्षक उमेर बुमीले विद्यालयको बैक खाताबाट दुई लाख ५८ हजार बैंक कर्मचारी शिवलक्ष्मी थापाकै मिले मतोमा रकम झिकेका थिए । त्यस्तै ०७१ वैशाख पाँच गते गरिवी निवारण कोष अन्र्तगत जन कल्याण ग्रामीण विकास तथा अनुसन्धान विकास केन्द्र मार्फत फोतु गाविसको लिब्रु लघु जल विद्युत आयोजना निर्माण समितिको पैसा पनि चोरी भएको पाईएको छ । निर्माण समितिको बैंक खाता नम्बर २९२८ बाट १४ लाख ५० हजार रकम गायब भएको र समयमा काम नभए पछि गरिवी निवारण कोषले बैक खाता रोक्क गरिएको थियो । समुहका मान्छेहरुले विद्युत सामाग्री ढुवानी गर्न भन्दै पैसा झिक्न बैंक पुग्दा रकम गायब भएको थाहा पाएका स्थानीय प्रेम बहादुर शाहीले बताए । तर रकम कसले झिकेको पत्ता लगाउन नसकेको र अहिले खोजी भईरहेको शाहीले बताए । अर्काको बैक खाता नम्बर पत्ता लगाएर बैक कर्मचारीको मिलेमतोमा विक्रम शाहीले अर्जेन्ट एक प्रति चेक मागेर किर्ते हस्ताक्षर गरि रकम झिकेको बताईएको छ । बैक खाताबाट नागरिकको व्यक्तिगत खातामा रहेको रकम चोरी भएको जानकारी आएपछि बाणिज्य बैकलाई नियम अनुसार दोषीलाई कारवाही गर्न बाणिज्य बैंक र जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिई सकेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
हाम्रै कर्मचारीले आर्थिक प्रलोभनमा परि अरुको बैक खाताको रकम किर्ते गरि झिक्न सहयोग गरेका रहेछन अहिले हामीले रकम चोरीमा संलग्न बैक कर्मचारी शिवलक्ष्मी थापालाई निलम्बन गरिसकेका छौ । रकम किर्ते गरि झिक्नेलाई कार्वाहीको प्रक्रिया समेत अगाढी बढाई सकेका छौ , राष्ट्रिय बाणिज्य बैक लिमिटेड मुगुका प्रबन्धक गान्धीराज विसीले बताए ।
सरकारी स्वामित्वमा रहेको बाणिज्य बैकबाट आफनो खाताबाट रकम चोरी भए पछि बैंक प्रतिको विश्वास हराएको र आफुले रकम सहकारीमा जम्मा गर्ने तयारी गरिरहेको पिडीत प्रदिप बुढाले बताए ।
0 comments
बिचार लेख्नुहोस्..