कृर्षी तथा पशु सेवा केन्द्र स्थापना हुनुपर्ने माग



बाजुरा----------
पौष १६------------------------
जिल्लाको  वाई गाविसका स्थानीय वासिन्दाले गाविसमा कृर्षी तथा पशु सेवा केन्द्र स्थापना हुनुपर्ने माग गरेका छन् । केन्द्र टाढाहुदा सेवा लिन असहज भएको भन्दै  स्थानियले यस्तो माग राखेका हुन । पत्रकार महाँसंघ द्धारा आयोजित  स्थानीय निकाय सेवा प्रदायकहरु र बहु सरोकारवाला संगको सम्बाद कार्यक्रममा सहभागीहरुले यस्तो माग गरेका बताइएको छ ।

कार्यक्रममा वाई र बाँधु गाविसमा काम गर्ने विभिन्न गैर सरकारी संघ संस्थाले प्रदान गर्ने सेवा र त्यसका प्रभावकारीताका विषयमा छलफल भएको बताईएको छ । नेपाल पत्रकार महाँसंघ बाजुराका सभापती मदन राज जोशीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख वक्ताका रुपमा गाविस  सचिव कुवेर शाही रहुनु भएको थियो ।

संवाद कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधी लगाएत सेवा ग्राहीको सहभागीता रहेको थियो । कार्यक्रमको उद्देश्यका बारेमा नेपाल प्रेश युनियनका केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महाँसंघ बाजुरा शाखाका संस्थापक सभापती दयाराम पण्डितले प्रस्ट पार्नुभएको थियो । करिब १०० जनाको सहभागीता रहेको उक्त संवाद कार्यक्रमको संचालन पत्रकार महाँ संघका सचिव कृष्ण ओलीले गर्नुभएको थियो ।

लिङ्क परियोजना स्विस हेल्विटासको सहयोगमा संचालन भएको कार्यक्रममा बाधुको धिम स्वास्थ्य चौकीमा आवश्यक औषधी नभएको गाविसले जन्मदार्त गराउदा पनि शुल्क लिने गरेको तथा गाविस सचिवहरु प्राय जसो गाविसमा नबस्ने गरेको पाईएको महाँसंघका अध्यक्ष मदन राज जोशीले जानकारी दिनुभएको छ ।

बाँधु गाविसमा गरिएको आजको अन्र्तसम्बाद कार्यक्रममा गविसका कुनैपनि कर्मचारीको सहभागीता नरहेको बताईएको छ । कार्यक्रममा सेवा ग्राहीहरुले आर्थिक वर्ष ०६९÷०७० मा लुटेको सामाजिक सुरक्षा भत्ताको रकमको खोजि अझै सम्म पनि नभएको र कहि कतै बाट पहल सम्म पनि नभएको भन्दै गुनासो समेत गरेका छन् ।

, ,

0 comments

बिचार लेख्नुहोस्..