विप्लव पक्षमा १६ जना मात्र
मुगु न्युज डट कम---------------------
पौष १६ मुगु --------------------
बैद्यले नेतृत्व गरेको नेकपा माओवादीबाट अलगिएर नेत्र विक्रम चन्द विप्लवले नेकपा माओवादी गठन गरे पछि मुगुमा भने १६ जना विप्लव पक्षमा गएका छन ।
मदनबहादुर रोकायाको संयोजकत्वमा विप्लव समुहको नेकपा माओवादीको १६ सदस्यीय जिल्ला कमिटि गठन गरिएको छ । सेक्रेटरीमा रंगविर परियार र सह सेक्रेटरीमा सिदान्त सावत रहेका छन । एकिकृत माओवादीबाट वैद्य अलग हुँदा जिल्लाको शक्तिशाली धार नेकपा माओवादीमा प्रवेश गरेको थियो । अहिले विप्लब अलगिदा ६५ सदस्यीय जिल्ला कमिटीबाट १६ जनामात्र गएका छन । नेकपा माओवादीका केन्द्रीय सदस्य मंगलबहादुर शाही , जिल्ला सेक्रेटरी विर्खबहादुर थापा, संविधान सभाका सभासद समेत बनेका नवराज धामी लगायतका नेताहरु भने वैद्य पक्षमा नै बसेका छन । अहिले जिल्ला स्तरका केही नेताहरु खुलेर विप्लव पक्षमा नगए पनि उनिहरुले मौन सर्मथन जनाएका र भुमिगत हुनु पर्ने अवस्था आए सहभागि हुने तयारी गरिरहेको स्रोतले बताएको छ ।
भुमिगत भएर सशस्त्र आन्दोलनमा जान सकिने विप्लव पक्षको भनाई आएपछि एकिकृत नेकपा माओवादीका धेरै जिल्ला स्तरिय नेता कार्यकर्ताहरु पनि विप्लव पक्षमा आउने तयारी गरिरहेका स्रोतको भनाई छ । विप्लव पक्षिय माओवादीले कार्य समितिको नाम सार्वजनिक नगरे पनि स्रोतका अनुसार सदस्यहरुमा लालु धामी, अदानसिंह कार्की, मदन परियार, दानसिंह परियार, अडिक बुढा, नौला सिंह विक, झिमबहादुर भण्डारी, केवल मल्ल,दानबहादुर शाही, शेरबहादुर शाही र हिमाल विक रहेका छन । एकिकृत माओवादी र अहिले बैद्य पक्षमा रहेका जिल्ला स्तरिय नेताले विप्लव पक्षिय माओवादीमा आउने आश्वासन दिएका कारण जिल्ला कमिटीको नाम सार्वजनिक गर्न ढिलाई भईरहेको र अबको केही दिनमा नै सार्वजनिक गरिने स्रोतको भनाई छ । अहिले विप्लव पक्षसंग गएका केवल मल्ल, हिमाल विक,झिमबहादुर भण्डारी, नौलासिंह विक,अडिक बुढा,कालिबहादुर रावल केन्द्रीय सदस्य मंगलबहादुर शाहीका अति निकट र विश्वास पात्रका रुपमा चिनिएका थिए ।
0 comments
बिचार लेख्नुहोस्..