शिक्षकले गरे एक लाखमा सम्बन्ध बिच्छेद
मुगु न्युज डट कम-------------
मंसिर २८ मुगु-----------
घरमा जेठी श्रीमती हुँदा हुँदै अर्को गाउँमा कार्यरत एक शिक्षकले आफु कार्यरत विद्यालयकै गाउँकी एक युवतीसंग अबैध सम्बन्ध जोडेर जन्मिएको सन्तान अस्वीकार गर्दै गाउँमा नै एक लाख युवतीको हातमा थमाएर सम्बन्ध विच्छेद गरेका छन ।
रारा गाबिसको वडा नम्बर ४ रुम गाँउमा रहेको जन ज्योति निम्न माध्यमिक बिद्यालयमा कार्यरत ति शिक्षकले एक बर्ष अगाढी सोहि गाँउकै एक २४ बर्षिया युबतिलाई बिबाह गर्छु भन्दै अबैध रुपमा छोरी जन्माएका थिए तर एक बर्षसम्म आफनै घरमा राखेर अहिले आफुबाट जन्मेको छोरी आफनो नभएको भन्दै १ लाख नगद दिएर गाँउमै सम्बन्ध बिच्छेद गरेको पाईएको छ ।
रुम गाँउमा रहेको जन ज्योति निम्न माध्यमिक बिद्यालयका शिक्षक कार्किबाडा गाबिस वडा नम्बर ७ निबासि ३६ बर्षिय राज बहादुर बिटालुले रारा गाबिस ४ रुम गाँउकि २४ बर्षिया नाम परबर्तित ( सम्झना रावल ) मुगुलाई एक बर्ष अगाढी यौन सम्र्पक गरी छोरीको जन्म भएपछि गाँउले हरुको दवाबमा एक बर्षसम्म आफनै घरमा राखे पनि अहिले पिडित युवतिबाट जन्मेको छोरी आफनो नभएको भन्दै १ लाख दिएर गाँउमै सम्बन्ध बिच्छेद गरेका छन ।
एक बर्षसम्म पिडित युवतिलाई घरमा राखेको भए पनि पिडक राज बहादुरकी जेठी पत्निले आफुहरुलाई कुनै वास्ता नगरेकाले र आफु छुटै बस्नका लागी छोरीको जन्मदर्ता गर्न भने पछि छोरी आफनो नभएको भन्दै उम्कन खोज्न लागेकै कारण गाउँलेहरुको दवाबमा एक दिन लगायर रुम गाउँका अगुवाको कचहरीले सम्बन्ध बिच्छेद गराएको रारा गाबिस १ का बिर बहादुर बमले बताए । विटालुले आफ्नो छोरी नभएको भन्दै श्रीमती स्वीकार नगरे पछि युवतीका माईती पेद क्षले गाउँका अगुवालाई बोलाएर कचहरी मार्फत एक लाखमा सम्बन्ध विच्छेद गर्न सहमति जनाएका हुन । माईती तर्फबाट नै यस्तो निर्णय आएपछि पिडीत युवतीले न्याय पाउने ठाउसम्म आउन नसकेको बमको भनाई छ ।
0 comments
बिचार लेख्नुहोस्..