सेवा केन्द्रका कर्मचारी खोज्दै स्थानीयवासी गाउँमा


मुगु न्युज डट कम--------------
मुगु २८ मंसिर-------------
 लामो समय देखि गाविस सचिव तथा अन्य सरकारी कार्यालयका सेवा केन्द्रका कर्मचारी गाउँमा नभेटिएको भन्दै सोरु भेकमा पर्ने जिमा , नार्थपु र फोतु गाविसका १५ जना स्थानीयवासी सदरमुकाम गमगढी आई पुगेका छन ।
 आईतवार मालिका सामुदायिक सेवा केन्द्र नामक गैर सरकारी संस्थाले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रम भेटिएका ति सर्व साधारणले त्यस क्षेत्रमा रहेका स्वास्थ्य, कृषि, बन ,पशु सेवा केन्द्र लामो समय देखि बन्द रहेकाले आफुहरुले कुनै सेवा पाउन नसकेकाले अव देखि गाउँमा कर्मचारी पठाई दिन आग्रह गरे । उनिहरुले गाविसका सचिबहरु समेत सदरमुकाममा नै बस्ने गरेकाले गाविसबाट पाउनु पर्ने सुविधा समेत पाउन नसकेको बताए । केही दिन अगाढी सोरु भेक कै धैनकोट गाविसका स्थानीयवासीहरु यस्तै पिडा ल्याएर सदरमुकाम गमगढी आएका थिए । त्यति वेला स्थानीय प्रशासनले सम्बन्धित कार्यालयलाई तकाल कर्मचारी खटाउन निर्देशन दिएको थियो । यो निर्देशन दिएको एक महिना नपुग्दै फेरी पनि ग्रामीण क्षेत्रका बासिन्दा सदरमुकाम आईपुगेका छन ।
 हाम्रो गाउँमा स्वास्थ्य चौकी छ तर स्वास्थ्यकर्मी कहिले भेटिदैनन । जिल्लाबाट औषधी पुगेको दिन कार्यालय सहयोगिले एकै दिनमा कसलाई के औषधी चाहिन्छ केही नसोधेर बाँडेर सक्छ । किन यस्तो गरेको भन्दा मलाई किन भन्ने यहाँ नआएरसदरमुकाममा बसेर तलब खाने स्वास्थ्यकर्मीलाई भन्न जाउँ भन्छ फोतु गाविस वडानम्बर ३ का भानुभक्त मल्लले बताए ।  हामी सदरमुकाम पुगेर कृषि कार्यालयमा विउ विजन, पशुमा गएर औषधी र खाद्य संस्थानमा गएर चामल माग्छौ तर सोरुका लागि उतै वितरण गर्ने भने पठाई सकेका छौ यताबाट दिन मिल्दैन भन्छन तर गाउँमा केही पुग्दैन नार्थर्पु गाविस ४ का पानसिंह नेपालीले दुखेसो गरे । अन्तरक्रियामा सहभागि भएका कृषि विकास कार्यालयका प्राविधिक सहायक धर्मबहादुर शाहीले त्यहाँको सेवा केन्द्रमा दरबन्दिमा रहेका कर्मचारी एक जना सरुवा भएर गएका र एक जना तालीम रहेकाले कार्यालयले बेला बेला कार्यालयबाट कर्मचारी जाने गरेको बताए ।  सोरुकोटमा रहेको ईलाका बन कार्यालयमा कर्मचारीको दरबन्दी रहेको भए पनि कार्य क्षेत्रमा कर्मचारी नभेटिएको भन्ने कुरा कार्यालय प्रमुखलाई खबर पु¥याई दिने बताए ।

, , ,

0 comments

बिचार लेख्नुहोस्..