ईलाका वन कार्यालयको भवन खच्चड राख्ने गोठ


मुगु न्युज डट कम---------------------------
पौष २० मुगु------------------------------
जिल्ला बन कार्यालय मातहत जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु भेकको जिमा गाविसमा रहेको ईलाका बन कार्यालयको भवन खच्चड  गोठमा परिणत भएको छ ।
 छ जना कर्मचारी सहितको दरबन्दी रहेको ईलाका बन कार्यालय सोरुकोटमा खटाईएका कर्मचारी बस्न छोडे पछि सर्व साधारणले खाली भवनमा खच्चड बाँध्ने गरिरहेका छन । सोरु भेकका सात गाविसलाई हेर्ने गरि कार्य क्षेत्र निर्धारण गरिएको ईलाका बन कार्यालयका कर्मचारी कार्य क्षेत्रमा नबस्ने जिल्ला बन  कार्यालयमा हेर्दा ईलाकाका कर्मचारी कार्य क्षेत्रमा नै बसेको देखिन्छ । बन कर्मचारी कार्यालयमा पनि नबस्ने कार्य क्षेत्रमा समेत नजाने हुँदा सोरु क्षेत्रका सामुदायिक वन र राष्ट्रिय बन अहिले उजाड बनिरहेका छन । सामुदायिक त के राष्ट्रिय बन समेत मासिदा त्यसको संरक्षण र रोकथामका लागि कसैले बोल्न नसकेको सोरु भिई गाविसका स्थानीयवासी मुन बुमीले बताए । दिन प्रतिदिन बन जंगल मासिदै गए पछि काठ दाउरा, घाँसको त समस्या बढ्दै गएको छ भने गाउँ आसपास रहेका पानीका स्रोतहरु समेत सुक्दै गएको स्थानीयवासीले बताएका छन ।
वनका कर्मचारी कार्य क्षेत्र नबस्ने रोग सोरु भेगको मात्र नभई जिल्ला भरि नै यस्तै छ । ईलाका वन कार्यालयका लागि एक जना अधिकृत सहित ६ जना कर्मचारीको दरबन्दि रहने भए पनि रेञ्जरको दरबन्दि अनुसार  बन मन्त्रालयले अहिलेसम्म रेन्जरका लागि कुनै पहल नगरिदिदा थप समस्या आएको जिल्ला बन कार्यालयका वन अधिकृत शिलानाथ झाले जानकारी दिए । ईलाका बन कार्यालय सोरुकोटमा रहेको भवन कर्मचारी नजाँदा खच्चड बाँध्ने गोठ भएको भन्ने जानकारी आउदा अहिले त्यहाँ चार जना बन कर्मचारी पठाई सकिएको र एक जना अधिकृत पठाउन बाँकि रहेको जिल्ला बन कार्यालयले जनाएको छ । रेन्जरको व्यवस्था गरि दिन मैले दुई तीन पटक बन विभागलाई परिपत्र गरिसके सायद अब विभागले पठाउछ होला कार्यालय प्रमुख झाले भने । बन कार्यालय मात्र हैन कृषि सेवा केन्द्र ,पशु सेवा केन्द्र , यस क्षेत्रका स्वास्थ्य चौकिका कर्मचारी लामो समय देखि गएका छैनन । वेला बेला स्थानीयवासीहरु कर्मचारी पठाई दिन माग गर्दै जिल्ला सदरमुकामसम्म धाउने गरेका छन ,स्थानीय प्रशासनले सम्बन्धित कार्यालयलाई कार्य क्षेत्रमा पठाउन निर्देशन दिए पनि कार्य क्षेत्रमा कर्मचारी नजाँदा सेवाग्राही मर्कामा छन ।

, , ,

0 comments

बिचार लेख्नुहोस्..