विद्युत गृहमा खरावी आउदा सदरमुकाम अन्धकारमा



मुगु न्युज डट कम-------------
पौष १२ मुगु-------------
विहिबार वेलुकीबाट नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रको विद्युत उत्पादन गृहमा रहेका उपकरणमा खरावी उत्पन्न भए पछि सदरमुकाम र त्यस आसपासका बस्तिहरु अन्धकार बनेका छन ।
 गमगाढ वितरण केन्द्रको विद्युत उत्पादन गृहमा रहेको उपकरणमा विहिबार वेलुकी ६ बजे एक्कासी खराबी आउदा अवरुद्ध भएको विद्युत सेवा सुचारु गर्न अझै चार पाँच दिन लाग्न सक्ने वितरण केन्द्रले जनाएको छ । विद्युत उत्पादन गृहमा रहेको मुख्य उपकरणको ब्रेकर बिग्रिदा रिलेले समेत काम गर्न नसके पछि विद्युत सेवामा अवरोध उत्पन्न भएको वितरण केन्द्रका कर्मचारी कालीबहादुर महतले जानकारी दिए । सामान्य रुपमा अबरोध आउदा आफुहरुले बनाउन सक्ने भए पनि अहिले उपकरणमा आएको खराबी के हो भनेर भन्न नसकिने उनले जनाए । नेपाल विद्युत प्राधीकरण मध्य पश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगञ्जले ईन्जिनियर नआउदासम्म उपकरण नचलाउन समेत भनेको महतको भनाई छ ।  प्राधीकरणका ईन्जिनियर डम्बर केसी अहिले डोल्पामा गएका र उनि मुगु आउन तीन चार दिन समेत लाग्ने भएको छ । केसी आए पछि मात्र विद्युत सेवा सुचारु हुने नहुने भन्ने कुरा एकिन भन्न सकिने वितरण केन्द्रको भनाई रहेको छ ।
 विद्युत सेवा अवरुद्ध बने पछि सदरमुकाम गमगढी सहित त्यस आसपासका श्रीनगर, कार्कीवाडा, पिना ,रुगा गाविसका वस्तीहरु र ताल्च विमान स्थलमा समेत अन्धकारमा छन । विद्युत सेवा अवरुद्ध भएका कारण  जिल्ला सदरमुकाममा रहेका सरकारी तथा गैर सरकारी कार्यालयका दैनिक कामहरु अबरुद्ध भएका छन भने विद्युत मार्फत चल्ने कम्प्युटर , फोटोकपि, फ्याक्स, ईमेल ईन्टरनेट सेवा समेत चल्न नसक्दा सेवा ग्राही मर्कामा परेका छन । सदरमुकाम र विद्युत सेवा पुगेका स्थानमा निजी क्षेत्रबाट सञ्चालन गरिएका लघु उद्योग समेत ठप्प रहेका छन । विद्युत अवरोधका कारण ईमेल ईन्टरनेट चल्न नसक्ने भए पछि जिल्लाबाट विभिन्न सञ्चार माध्यममा काम गर्ने सञ्चारकर्मीले समाचार सम्प्रेषण गर्न पाएका छैनन भने जिल्लामा रहेका स्थानीय सञ्चार माध्यम पनि बन्द रहेका छन ।

, ,

0 comments

बिचार लेख्नुहोस्..