जातीय विभेदका लागि सहभोज कार्यक्रम



मुगु न्युज डट कम-------------
पौष १२ मुगु-----------------
जिल्लामा व्याप्त रहेको जातीय विभेद अन्त गर्नका लागि सदरमुकाम गमगढी देखि २१ कोष टाढा रहेको भिई गाविसमा यसै हप्ता सहभोज कार्यक्रमको आयोजना गरिएको छ ।
जातीय विभेद अन्त्य तथा दलित अधिकार समन्वय संयन्त्र , भिई गाविसको समन्वय तथा दलित सामुदायिक विकास केन्द्र मुगु र छुवाछुत विरुद्धको संघ्रर्ष समितीको आयोजनामा जिल्ला विकास समिति , जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय लगायतका सरकारी तथा गैर सरकारी निकायका अधिकारीहरु सहभागी गराएर पौष ८ गते सहभोज कार्यक्रम आयोजना गरिएको भिई गाविसका सचिव तिर्थराज शाहीले जानकारी दिए । कर्णाली जन जीविका कार्यक्रम केड मुगुको सहयोगमा  दलित सामुदायिक विकास केन्द्रले लगातार यो गाविसमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गरे पछि अबको एक वर्ष भित्र गाविसलाई जातीय छुवाछुत मुक्त गाविस घोषणा गर्ने गरि सहभोज कार्यक्रम आयोजना गरिएको गाविसले जनाएको छ ।
गाविसका नौ वटा वडाका ८ वटा वस्तिमा अहिले २० प्रतिशत मात्र छुवाछुत रहेको स्थानीयवासी मञ्जन कार्कीले बताए । जातीय छुवा छुत गर्ने पहिलो पुस्ताका वृद्ध वृद्धा र धामी झाँक्री मात्र रहेको कार्कीले बताए । सहभोज कार्यक्रममा सहभागि संविधान सभाका पुर्व सभासद नवराज धामीले  सहभोज कार्यक्रमले अबको एक वर्ष भित्र गाविसलाई नै जातीय छुवाछुत मुक्त गाविस घोषणा गर्ने ठुलो चुनौती र अवसर जुटाएको बताए ।
 कार्यक्रमका अधिकाँश सहभागिहरुले समाजमा अहिले शैक्षिक ,आर्थिक र सामाजिक विकास गर्ने भन्दा पनि  विकास खाने प्रवृत्ती बढ्दै गएकाले धनि र गरिव विचको खाडल झन गहिरिदै गएको बताए । धनि र गरिको खाडल नपुरिए सम्म समाजमा जातीय विभेद अन्त्य गर्न नसकिने भएकाले मानसिकता नै बदल्नु पर्ने उनिहरुको तर्क थियो ।

, , ,

0 comments

बिचार लेख्नुहोस्..