“सोरु भेग का नेताहरु लाई खुल्ला पत्र”


 श्रीमान चन्द्र बहादुर शाही तथा नवराज धामी ज्यू, श्री ऐन बहादुर शाही, धरम बहादुर शाही, मंगल शाही तथा डिल्ली भट्ट ज्यू् ,
सबैमा नमस्कार  ................
आज म यो चिठी तपाईहरुलाई नै लेख्दै छु किनभने तपाईहरु यो क्षेत्रका शक्तिशाली व्यक्तित्व हुनुहुन्छ्र तपाईहरुले चाहनुभयो भने सोरुभेगका समस्याहरुलाई जिल्ला तथा राष्ट्रिय स्थरमा उठान गर्नसक्नुहुन्छ्र
भन्छन असल नेता पाउन कुनै पनि क्षेत्र को लागि भाग्य को कुरा हो, युगौंदेखि को तपस्या ले मात्र असल नेता पाउन सकिन्छ्र नेल्सन मण्डेला पाएको हुदा अफ्रीका को चर्चा बिश्व मा चुलियो, महात्मा गान्धी पाएको हुदा भारत बिश्व मै अब्बल गनियो्र डाक्टर, इन्जिनियर, शिक्षक, कृषक पाउन सजिलो छ तर सच्चा नेता पाउन गार्हो, यो माने मा सोरु भेग लाई भाग्यमानी नै मान्नुपर्ने हुन्छ्र आज म तपाईहरुलाई प्रस्न गर्न चाहन्छु, तपाईहरु जस्तो शक्तिशाली व्यक्तित्वहरुको जन्म भयर पनि किन सोरुभेग अगाडी बढ्न सकेन
फोतु गाविसमा को रावलबाडा मा भयको बन फडानी त देखनु भयको नै होला्र त्यो क्षेत्र मा गयको बेला एउटि बुढी आमै लाई सोधेको थिए, आमै रूख त सबै सिध्याउनु भयछ ,
प्रतिउत्तर मा आमै ले भन्नुभयो के गर्ने बाबु खान पुग्दैन खेति गर्नलाई काटेको ्र
ती आमै को के दोष, खान पुगेन कट्नुभो ्र तिनलाई के थाहा रूख बिरुवा यसरि काट्दा बाढी पहिरो को जोखिम बढ्दै जान्छ र अन्तत तिनले बनायको घरबारी, पाखो जग्गा एकदिन त्यहि पहिरो ले बगायर लाने छ्र तिनलाई के थाहा पानी को मुहान सुक्दै जानेछ, गर्मि बढ्दै जानेछ्र एक त नखाको बिष लागिरहेको छ, त्यसमाथि यस्ता क्रियाकलाप ले जलबायु परिवर्तन को प्रकोप सबैभन्दा बढी यसक्षेत्र मा पर्ने पक्का छ अनि एकदिन त्यस्तो समय आउने छ जहाँ अत्याधिक गर्मि सहन नसकी पानी पानी भन्दै अन्तै बसाईसर्नु पर्ने छ्र त्यो सम्पूर्ण कार्य को दोष तपाईहरुको हो, त्यो समाज लाई अगाडी बढाउन नसक्नु, खाना को व्यवस्था गर्ने अन्य तरिका अगाडी ल्याउन नसक्नु, चेतनशील बनाउन नसक्नु, नया नया प्रबिधि को प्रचारप्रसार गर्न नसक्नु समुर्ण कार्य को जिम्मेबारी तपाईहरुले लिनै पर्छ्र
मैले त सुनेको फोतु गाबिस को बन फडानी हुनु मा राजनीतिक कार्यकर्ता को नै सबै भन्दा ठुलो हात छ्र
फोतु को रावलबाडा मात्रै होईन नाथर्पू गाबिस को हालत पनि त्यस्तै छ, भिई मा त जंगल नै छैन, भयको पनि उहिलै सकाईसके अब के फडानी गर्लान्र छिमेकी असल भयो भने आफ्नो पनि प्रगति हुन्छ, होईनभने आफ्नो पनि बिनास पक्का छ भनेझै भिई गाबिस ले आफ्नो जंगल सकाएर नाथर्पू को पछी लागेका छन्, पटक पटक यि दुइ गाबिस बिच झगडा नभाको पनि होईन्र जीमा गाबिस मा भयको जंगल फडानी पनि यि दुइ गाबिस को भन्दा कम् छैन्र रारा, कालै र धैनकोट गाबिसहरुमा तुलनात्मक रुपमा कम भयपनी आफ्नो सामर्थ्य ले भ्याय सम्म बिनास गरिरहेकै छन््र
तपाईहरु त्यस क्षेत्र का शक्तिशाली व्यक्ति हुनुहुन्छ, तपाईहरु ले भनेको नमान्ने सायदै कोहि नहोला्र यसको जिम्मेबारीबोध त समय मै गरिदिनु पर्यो न्रि
बिबिसी सम्बाददाता रबिन्द्र मिश्र ले भनेका छन्स् “कहिलेकाही लाग्छ हाम्रा अधिकांश नेता राती दिमागमा के लियर सुत्न जान्छन र बिहान के सोच्दै बिउझिन्छन् होलारु”
त्यसैले तपाईहरु जाग्नु पर्यो, धेरै नभनम सिप देखि द्वारी सम्म को बाटो त हिड्नुभयकै होला, गर्मि मौसम को त्यो यात्रा सम्झदै पनि डर लाग्छ्र त्यो बाटो को दुवै तिर ब्रिक्षारोपन् गरेको भय तेही बाटो सदै हिडौ हिडौ जस्तो लाग्ने थियो्र ब्रिक्षारोपन् गर्न भनेर बन कार्यालय, मालिका सामुदायिक विकास केन्द्र अन्तर्गत हिमाली क्षेत्र मा श्रोतहरुको दिगो सदुपयोग कार्यक्रम, नेपाल जलबायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत लापा प्रोजेक्ट तथा अन्य सरकारी गैरसरकारी संस्थाहरु जिल्लामा क्रियाशील छन््र तपाईहरु ले सहि नेतृत्व र मार्गनिर्देशन दिन सक्ने हो भने ती सबै त्यस्ता कार्य मा सामुहिक रुपमा लागि पर्नेछन भन्नेमा दुइमत छैन्र त्यसैले तपाईहरु जाग्नु पर्यो्र
नविकरनिय उर्जा प्रवर्द्धन केन्द्र को सहयोगमा सोरु भेगका विभिन्न ठाउमा लाखौ को लगानी मा सोलार मिल जडान भए, चाहे त्यो भिई को ठुलागाउँ मा बनेको होस् वा नाथर्पू को जमलधारा मा बनेको होस् वा जीमा को ख्याल्च मा बनेको होस्, ती सबै अहिले बिग्रेको अवस्थामा छन््र तपाईहरु जे जति राजनीति गर्नुहुन्छ ती समाजकै मुद्दा मा टेकेर राजनीति गर्ने हो्र तपाईहरु ले जे जति पाउनुभएको छ त्यो सबै त्यहि समाज बाट पाएको हो त्यसैले तपाईहरु को प्रमुख जिम्मेबारी भनेकै त्यहि समाज लाई अगाडी बढाउनु हो्र मैले सुनेको नाथर्पू गाबिस मा एमाले र कांग्रेस बीच झगडा हुदा सोलार मिल नै उप्काएर अन्तै लगे रे्र
नेपाल मा पुरानो उखान नै छस् गु आयो गाउँ आयो्र हाम्रो टिम फोतु गाबिस को रावलबाडा गयको बेला गाउँभरि जताततै खुल्ला दिशा देखेर हाम्रो प्रोजेक्ट का राष्ट्रिय संयोजक श्याम कृष्ण श्रेष्ठ ले चर्पी बनाउनु पर्यो भनि सल्लाह दिनुभएको थियो्र प्रतिउत्तर मा गाउलेले सजिलै उत्तर दिएस् हाम्रो लागि गाबिस ले उपलब्ध गराएको चर्पी गमगढी मा बस्ने नेताहरुले खाईदिए्र
म तपाईहरुलाई प्रश्न गर्न चाहन्छु आफ्नो क्षेत्र को विकास गर्न नसक्ने तपाईहरुले राष्ट्र को विकास कसरि गर्न सक्नुहोला्र
भारत मा नरेन्द्र मोदी उदाए, बिश्व को १५ औ शक्तिशाली व्यक्ति मा गनिए किनभने उनले भारतको उत्तरप्रदेश मा विकास को नयाँ आयाम थपे त्यसैले सबै भारतीय हरुले सोचे उनको त्यो सोच, कार्यक्षमता भारत भरि विस्तार गर्नेछन्र फलस्वरुप मोदी लाई प्रधानमन्त्री बनाए्र नेपालमा शेरबहादुर देउबा, नारायण मान बिजुक्क्षे जस्ता नेता किन कहिल्यै चुनाब हार्दैनन्र एक पटक तपाईहरुले तिनीहरुको क्षेत्र मा राम्रो संग अध्यन गर्न सके एस् क्षेत्र को विकास मा पनि टेवा पुग्नेथियो्र बिजुक्क्षे को जिल्ला भक्तपुर मा भयको शिक्षा क्षेत्रको विकास लाई हेर्नुस, नेपालको सबैभन्दा शिक्षित् जिल्लामा गनिन्छ, एक घर एक ब्याचलर बनाउने उधेश्य का साथ अगाडी बढिरहेका छन् बिजुक्क्षे्र चागुनारायण मन्दिर जाने बाटो हेर्नुस, बाटोमा ईटा बिछ्याएर कस्तो मजाले सिंगारिएको छ्र के त्यो मोडेल गमगढी बजार को महाकाली नमुना उच्च माबि को ढोका देखि जिल्ला अदालत सम्म निर्माण गर्न सम्भव छैनरु तपाईहरुले चाहनुभयो भने, इच्छा शक्ति देखाउनु भयो भने गमगढी लाई सिंगार्न गार्हो छैन्र हामी आम नेपालीको बाह्र फुटे बुद्धि लाई विस्तार गरि भबिष्य सम्म टिकाउ हुने गरि काम को थालनी गर्न सके सोरु भेग र समग्र मुगु लाई नेपालको ७२औ जिल्ला होईन प्रथम जिल्ला बनाउन सकिन्छ्र आबश्यकता छ त मात्र तपाईहरुको जोस जागर, सकारात्मक सोच अनि समाज प्रति को समर्पण भाबना् ,
म तपाईहरुलाई राष्ट्रिय राजनीतिमा आधिपत्य जमाएको देखन चाहन्छु्र सामुदायिक सिचाई आयोजना मुगु का जिल्ला संयोजक प्रकाश बुद्थापा ले भनेझै “हाम्रा नेता पोस्टर होईन मुर्ति बनुन्, पोटर च्यातिन सक्छ तर मुर्ति सधैलाई रहिरहन्छ्र” तसर्थ तपाईहरु मुर्ति बन्नुहोस, यो संसार मा पोस्टर बन्नेको कमि छैन्र
                                                                                                  उही तपाईहरुको सुभेच्छुक ,,,,,
                                                                                                      नरेश दत्त रावल,,,,

 ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,यो लेखकको स्वतन्त्र विचार हो । यसको सर्वाधिकार लेखकमा नै सुरक्षित छ ।

,

0 comments

बिचार लेख्नुहोस्..