माघ ८ भन्दा केही समय लम्बिने निधीको भनाई


मुगु न्युज डटकम-----------------
पौष २८ मुगु-------------------
 भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधीले माघ ८ गते संविधान जारी नभए पनि केहि समय लम्ब्याएर भए पनिन नेपालको नयाँ संविधान जारी हुने बताएका छन ।
 कर्णाली करिडोरको अनुगमन गर्न नेपाली सेनाको एम आई १७ वन भि हेलिकप्टरमा २३ जनाको जम्बो टोली सहित अपरान्ह गमगढी स्थित महाकाली उच्च माविको चौरमा ओर्लेका निधीले  माघ ८ गते निर्धारित गरिएको नयाँ संविधान जारी गर्ने सहमति कायम हुन नसके समयमा  संंविधान जारी हुने संभावना  समेत न्युन रहेकाले त्यसको समय सिमा लम्बिन सक्ने बताए । अहिले संविधान जारी गर्ने कुरा भन्दा कर्णाली करिडोरको अनुगमन र करिडोरको कालिकोट खण्डमा पर्ने खुलालुमा निर्माण हुन लागेको पुलको शिलान्याश गर्नु पहिलो लक्ष्य भएको समेत बताए । अनुगमन टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गोविन्द्र पोखरेल, सडक विभागका महा निर्देशक , भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसी सिटौला, कर्णाली अञ्चलका पाँच वटै जिल्लाका सभासद लगायत २३ जनाको सहभागिता रहेको थियो । सोमबार विहान काठमाण्डौ देखि नेपाल गञ्ज, नेपालगञ्ज देखि कालिकोट हुँदै हुम्ला सदरमुका पुगेर रारामा खाना खाएको मन्त्रिको टोली गमगढी पुगेर पौने पाँच बजे सुर्खेत उडेको थियो ।
 काँग्रेस कार्यकर्ताले घेरिए पछि मन्त्री निधीले भिडमा  के बोले के भने भन्ने कुरा कसैलाई थाहा भएन ।  दिउसो एक बजे गमगढी पुग्ने  मन्त्रीको कार्य तालीका अनुसार सबै सरकारी कार्यालयको अनुगमन गरिने भन्दै जिल्ला विकास समितिको सभा हल सजाईएको थियो भने काँग्रेसले जिल्ला प्राविधिक कार्यालयको मैदानमा मञ्च तयारी गरे पनि हुम्ला सदरमुकाम देखि दुई बजे मात्र रारा पुगेका थिए । रारामा एक घण्टा बिताएर सवा चार बजे गमगढी पुगेका मन्त्री निधीले सुर्खेत कालिकोट मुगु हुँदै हुम्ला सिमीकोट र हिल्सासम्मको कर्णाली करिडोर निर्माण कार्य तिब्र गतिमा अघि बढ्ने र त्यसको जिम्मा नेपाली सेनालाई दिईएको बताए । उनले कर्णाली अञ्चलका सबै जिल्ला सदरमुकामबीच सडक सञ्जाल जोड्ने , कर्णाली राजमार्गको स्तरोन्नती तत्काल गरिने र मुगु सदरमुकाम देखि तिब्बत जोड्ने नाक्चे लाग्नासम्मको ८२ किलो मिटर सडकको निर्माण कार्यलाई पहिलो प्राथामिकता दिने बताए । निधीले कर्णाली करिडोर अन्र्तगत पर्ने कालीकोटको खुलालुमा निर्माण हुन लागेको ७५ मिटर लम्बाई रहेको पुलको शिलान्यास समेत गरेका छन । २०७२ असार मसान्त सम्म निर्माण कार्य पुरा हुने यो पुलको लागत १२ करोड २८ लाख रहेको छ भने निर्माण कार्यको जिम्मा नेपाली सेनाले लिएको छ ।

, , ,

0 comments

बिचार लेख्नुहोस्..