खेलकुद विकास समितीले कामै नगरी बजेट सिध्याउछ
मुगु न्युज डट कम---------------------
मुगु ,२१ पौष--
जिल्ला खेलकुद विकास समितीले गत र्आिर्थक बर्ष २०७०÷७१ र चालु आंब २०७१÷०७२ मा जिल्लामा खेदकुद सम्वन्धि गतिविधी सञ्चालन गर्न विभिन्न शिर्षकमा आएको बजेट विना काम सिध्याएको खुलासा भएको छ ।
जिल्ला खेलकुद विकास समितीसंग सम्वद्घ सो्रतका अनुसार गत बर्ष आएको खेल मैदान निर्माण शिर्षकको १ लाख ५० हजार,खेल गतीविधीमा १ लाख,सुचना केन्द्रमा ५० हजार राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्न भनी आएको २ लाख ६५ हजार गरि ५ लाख ६५ हजार र यो बर्षको प्रथम चौमासिकमा आएको नौविस खेल मैदान निमार्ण गर्न १ लाख ५० हजार , श्रीनगर गमगढीमा खेल मैदान निमार्ण गर्न १ लाख ५० हजार, सुचना केन्द्रका लागि १३ हजार गरि ३ लाख १३ हजार समितीका अध्यक्ष लाल बहादुर रावत र कोषाध्यक्ष हस्त बहादुर शाहीले अनियमिता गरेको पाईएको छ ।
गत बर्ष जिल्लामा राष्ट्रपति रनिङ्ग शिल्ड नभएपछि खर्च नभएको उक्त शिर्षकको रकम खेदकुद परिषदले फिर्ता पठाउन परिपत्र गरे पनि फिर्ता नपठाएर सिध्याईयो स्रोतले भन्यो । त्यस्तै खेल मैदान पनि बनाईएको छैन भने खेल गतीविधी गत बर्ष जिल्लामा शुन्य नै रहे । सुचना केन्द्रको नाममा समितीमा एउटा पुस्तक र पत्रिकासम्म छैन । सामान्य रुपमा हुनु पर्ने कार्यालय सम्पर्कको टेलिफोनसम्म छैन । सो्रतले बताए अनुसार आर्थीक अनियमिता र कारवाहीका लागी जिल्ला खेलकुद विकास समितीले मिती २०७१ पौष ८ गते जिल्ला प्रशासन कार्यालय मुगुमा र राष्ट्रिय खेलकुद विकास परिषद काठमाडौलाई मिती २०७१ पौष ९ गते पत्र पठाएको छ ।
जिल्ला सदरमुकाम गमगढीमा अहिलेसम्म खेल गतीविधि संचालन गर्न सार्वजनिक खेल मैदानसम्म छैन । खेलकुद समिती समितीमा मात्र सिमित छ उसको आयोजनामा कहिल्यै खेलकुदको आयोजना हुदैन । निजी स्तरबाट क्लव विध्द्यालय र कुनै दिवसमा संचालन हुने खेलकुद प्रतियोगीताहरु सदरमुकाममा रहेको महाकाली उच्च माविको चौरमा पठन पाठन बन्द गरेर संचालन हुदै आएका छन । अर्को तर्फ केन्द्रबाट खेलको विकास र त्यससंग सम्वन्धित पुर्वाधार निमार्णको लागी बजेट विनियोजित हुने तर जिल्लामा कामै नगरी कागज मात्र मिलाएर बजेट सिध्याउने गरिएको छ । हरेक चौमासिकमा राष्ट्रिय खेलकुद विकास परिषदबाट राष्टपति रनिङ्ग शिल्डमा खेलाईने खेल बाहेकका खेलकुद गतिविधी सञ्चालनका लागि डेढ लाखसम्म बजेट आउने गरे पनि खेलकुद विकास समितिका पदाधिकारीहरुको मिलेमतोमा रकम हिनामिना हुने गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार अहिले यहि विषयमा कुरा चल्दा समितिका कार्यालय प्रमुख, प्रशिक्षक र समिति पदाधिकारीबीच द्धन्द्ध चर्किएको छ भने जिल्लामा गाविस , बाल क्लब, युवा क्लबले आयोजना गर्ने खेल गतिविधी बाहेक अन्य कुनै गतिविधी सञ्चालन हुन सकेका छैन । जिल्ला सदरमुकाममा अहिलेसम्म नत खुल्ला मञ्च छ नत खेल मैदान नै बन्न सकेको छ ।
0 comments
बिचार लेख्नुहोस्..