“पुस्तकालय”
नरेश दत्त रावल-------------
भुतपुर्ब ब्रिटिश प्रधानमन्त्री टोनी ब्लेयर प्रधानमन्त्री मा मनोनित हुदा पत्रकार हरुको प्रश्न थियो,तपाईले सबैभन्दा पहिले कुन कुरामा बढी ध्यान पुर्याउनु हुनेछ ,
टोनी ब्लेयर ले सजिलै उत्तर दिए “शिक्षा”
यसबाट के प्रस्ट हुन्छ भने ब्रिटेन जस्तो अति बिकसित देसमा त शिक्षा को कमि छ भने हाम्रो जस्तो विकाशोन्मुख देशमा शिक्षा को स्थिति के होलारु अनुमान लगाउन गार्हो छैन्र
हरेक मान्छे लाई शिक्षा पाउने अधिकार छ, राज्यले शिक्षा लाई सबै को पहुच मा पुर्याउन सक्नुपर्छ, यो नै राज्य को प्रमुख दायित्व हो्र
शिक्षा मा राज्य ले लगानी नगरेको पनि होईन तर जति गरेपनि कर्णाली नदीको पानीझैँ बगिरहेको छ्र आबश्यक दृष्टिकोण, उधेश्य र ब्यबस्थापन को सहि संगमस्थल नदेखियको प्रस्टै हुन्छ, नत्र दिनप्रतिदिन मान्छे को चासो गैरसरकारी स्कुल प्रति बढ्दैनथ्यो होला्र शिक्षा क्षेत्र मा राज्यको लगानी र उपलब्धि मा ठुलो अन्तर देखिन्छ्र
ज्ञानको सबैभन्दा ठुलो श्रोत पुस्तक हो, पुस्तक मात्र यस्तो श्रोत हो जसको मूल्य धनि, गरिब सबैलाई सहन सकिने खाल को हुन्छ्र बिश्व मा थुप्रै विद्वान हरु छन् जसले घरमै बसेर उच्च शिक्षा हासिल गरेका छन्, उदाहरण का रुपमा कान कम सुन्ने बहिरो बैज्ञानिक थोमस एडिसन लाई सम्झन सकिन्छ्र हामीलाई राम्रो स्कुल, दक्ष शिक्षक पाउन गार्हो छ तर राम्रो पुस्तक पाउन तुलनात्मक रुपमा सजिलो्र उद्धमी कर्ण शाक्य लाई भेट्न, वहाको सकारात्मक सोच बारे जान्न बर्षौ लाग्न सक्छ तर वहाले प्रकाशनमा ल्याएको पुस्तक “सोच” पढ्न तुलनात्मक रुपमा सस्तो र सजिलो छ, जहाबाट हामिले सजिलै अथाह ज्ञान आर्जन गर्न सक्छौ्र
हाम्रो समाजमा गरिबीको हद यति धेरै छ कि, पुस्तक किन्न त परै जावस् बिहान बेलुका हात मुख जोड्न पनि गार्हो छ, कर्णाली को बातावरण मा हुर्केको मान्छे ले किन्ने प्रयास गर्यो भने पनि चाहेको पुस्तक किन्ने ठाउँ भेट्टाउन गार्हो छ्र
हाम्रो समाजमा हुने खाने का छोराछोरी ले राम्रो स्कुल, ज्ञानबर्दक पुस्तक पढ्न पाउने भए, हुदा खाने का छोराछोरी ले यि सामान्य आबश्यकता बाट पनि बन्चित हुनु पर्ने भो्र हुदा खाने व्यक्ति ले दिनभरी गिट्टी कुटेर, हलो जोतेर, माछा बेचेर सुन्दर भबिष्य को कल्पना गर्दै छोराछोरी लाई स्कुल पढाईरहेका हुन्छन, सोच्छन आफ्नो जस्तो दुख यिनीहरुले भोग्नुपर्नेछैन्र त्यहि सपना सत्य पार्न हजारौ दुख सहेर काम गर्छन्र अन्ततः त्यो सपना यथार्थ मा परिणत भएन भने के होला, एकछिन आफै त्यो स्थान मा बसेर सोचौ तरु
सपना देख्ने सबैको अधिकार छ, कसैको पुरा होला कसैको नहोला तर राम्रो सपना देख्ने लाई हामिले पनि आफ्नो क्षेत्र बाट सक्दो सहयोग गर्नुपर्दछ, तब मात्र सुन्दर कल्याणकारी सुखी समाज को निर्माण हुन्छ्र समाजबाद, साम्यबाद, पुजिबाद जे जे बाद भनेपनि कल्याणकारी समाज निर्माण नगरेसम्म कुनै बाद पुरा हुने वाला छैन्र कल्याणकारी समाजको कल्पना बारे बिबिसी सम्बाददाता रबिन्द्र मिश्र ले आफ्नो पुस्तक “खान पुगोस, दिन पुगोस” मा मर्म स्पर्शी तरिकाले तेसै व्याख्या गरेका होईनन्र
शैक्षिक प्रकाशन लाई अध्यन गर्ने हो भने नेपालमा लगभग २८ हजार शैक्षिक क्षेत्रहरु छन्, बढीमा ५ हजार शैक्षिक क्षेत्रमा मात्र पुस्तकालय को व्यवस्था गरिएको छ्र जति श्रोत सम्पन्न स्कुलहरु व्यवस्था भएका छन् तिनीहरु शहर केन्द्रित छन्, दुर दराजका कर्णाली अंचलमा भएका स्कुल को हालत हेर्ने हो भने न शिक्षक को व्यवस्था छ न बेन्चको नै पुस्तकालय त धेरै टाढाको कुरा्र २०७१र०९र२१ गते मुगु न्युज डटकम को गृहपृष्ठ मा खबर प्रकाशित थियोस् नपढाएर शिक्षक तासमा ब्यस्त, बिद्यार्थी खेल मैदानमा, यस्तो अवस्था मा गुणस्तरीय शिक्ष्ाँ को कल्पना कसरि गर्ने्र
सकारात्मक धारणा बनाउन बाल्यकाल बराबर सजिलो बेला अरु हुदैन, बाल्यकाल पानी जस्तै हो जसलाई जुन भाडोमा राख्यौ त्यसको आकार स्वत उसको जस्तै बन्छ्र शिक्ष्ाँ र बातावरण जे जस्तो हुन्छ मान्छे पनि स्वत उस्तै हुन्छ्र त्यसैले आऔ हामी पनि आ(आफ्नो क्षेत्र बाट सानो सहयोग गरौ, समाजलाई शिक्षित बनाउन्र थोपा थोपा मिले समुन्द्र बन्छ, त्यहि समुन्द्र बाट निस्कने बाफ ले हामीलाई आबश्यक पर्ने वर्षा को व्यवस्था गर्छ्र
जित तपाइको पुस्तकमा शिब खेडा ले लेखेका छन्स् “आत्मसम्मानयुक्त स्वस्थ व्यक्तिले चाही लिनुसंगै दिनुपर्ने समेत दाईत्वको बोध गरि राख्दछ, ऊ आबश्यकताले मात्रै लिन्छ र दाईत्व बुझेर नै दिने गर्छ”्र कसैलाई दौडिन सिकाउनु छ भने पहिला उसलाई उभिन सिकाउ, त्यसपछि हिड्न र दौडिन उसले आफै सिक्नेछ्र
स्वामी बिबेकानन्द ले भनेका छन्स् संसार लाई बदल्नु छ, शुरुवात आफैबाट गर्नुछ्र
नया संसार, नौलो गाउँ, अपरिचित मान्छे को अगाडी फरक काम गर्नुभन्दा आफु हुर्केबढेको ठाउमा काम गर्न सजिलो हुन्छ र त्यहि सोच लाई विस्तार गर्दै लिए मात्र सफलतामा पुग्न सजिलो हुन्छ्र
जीवन जोर्ड़ोंन ले भनेका छन्स् “लामा पाइला चालेर छलाङ मार्छु भन्ने सोचले जिबन कठिन बन्न सक्छ्र इन्च(इन्च गरि निरन्तर बढ्ने पाइला नै बरु सहजतासँग गन्तव्यमा पुग्छन”्र
जित तपाइको पुस्तकमा लेखिएको छस् “हरेक काम पहिलोपटक ठिक ढंग बाट गर्नोस्र यसपछिका हरेक कामलाई फेरी पनि ठिक ढंग बाट गर्नोस्र आज ठिक संग गरिएको काम नै भोलि तपाईका लागि भरपर्दो बिमा हो”्र
लमजुङ को सामान्य परिवार मा जन्मेर अस्ट्रेलिया को धनाड्य मा गनिन सफल व्यापारी तथा गैर आबाशिय नेपाली संघ का अध्यक्ष शेस घले ले अस्ट्रेलिया मा कमाएको रकमबाट नेपालको लागि एक अर्ब को परोपकारी कोष स्थापना गर्न सक्छन भने हामी त नेपालमै हुर्के बढेका, यहि को माटो मा केहि कमाएका नेपाली ले आफुले सक्ने जति यहि माटोको लागि किन गर्न नसक्नेरु त्येसैले आऊ सबैले आफ्नो गाउ ठाउमा थोरै भए पनि केहि गर्ने आट देखाऊ, परिवर्तन टाढा छैन्र
हामिले पनि आफ्नो गाउँमा रहेको श्री सरस्वती प्राथमिक बिद्यालय मा पुस्तकालय स्थापना गर्ने सानो सोच राखेका छौ्र जिबनमा पहिलो पटक यस्तो काम प्रति उत्प्रेरित भएको हुदा थोरै आत्तिएका पनि छौ तर डराएका छैनौ्र “असम्भव भन्ने कुरा मुर्खहरुको शब्दकोष मा मात्र भेटिने शब्द हो”, भन्ने नेपोलियन बोनापार्ट को भनाइ बाट प्रेरित छौ्र आशा छ तपाईहरुको सहयोग र समर्थन पाउने बिश्वास मा हाम्रो सोचाई को क्षेत्र लाई विस्तार तथा दृढ पारेका छौ, महत्वाकाक्षि बनेका छौ, समयको चाल लाई पर्खिरहेका छौ्र के हामी परोपकारी मन भएका सहयोगी हातहरु लाई भेट्टाउन सक्छौ तरु
९८४९७८८६०४, ndrawal2@gmail.com
2 comments
बिचार लेख्नुहोस्..
March 20, 2015 at 11:19 PM
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।
March 20, 2015 at 11:20 PM
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।