काठमाण्डौंमा नै रोकियो असिना पिडीतको राहत


मुगु न्युज डटकम----------
काठमाण्डौं २४ --------------------
गएको कार्तिक ८ गते परेको असिनाले पिडीत बनेका मुगुका दुई हजार छ सय असिना पिडीत परिवारका लागि नेपाल सरकारले दिएको एक करोड २५ लाख रुपैयाँ नेपाल खाद्य संस्थान केन्द्रीय कार्यालयमा रोकिएको छ ।
असिना पिडीतका लागि नेपाल सरकारले राहत स्वरुप दिएको एक करोड २५ लाख रकमको खाद्यन्न तत्काल मुगु पु¥याउन भन्दै नेपाल खाद्य संस्थानलाई रकम पठाएको थियो । तर नेपाल खाद्य संस्थानले सुर्खेत देखि मुगु सदरमुकाम गमगढी र खत्याड भेगको श्रीकोट वितरण केन्द्रमा खाद्यन्न ढुवानी गर्न ढिलाई गरेको पाईएको छ । यो पिडीतका लागि राहत भएकाले तत्काल खाद्यन्न ढुवानी गर्न धेरै पटक खाद्य संस्थानको केन्द्रीय कार्यालयमा गएको र महा प्रबन्धकले वेवास्ता गरिरहेको  राष्ट्रिय प्रजातन्त्र पाटी मुगुका अध्यक्ष राजबहादुर मल्लले बताए । उनिसंगै मुगुका अन्य राजनितिक दलका नेताहरुले दिन दिनै राहत छिटो पठाउन भन्दै खाद्य संस्थानको केन्द्रीय कार्यालय धाईरहेका छन ।
 सरकारले खाद्यन्न ढुवानीका लागि संस्थानलाई रकम पठाए पनि सुर्खेत देखि मुगु सदरमुकाम गमगढीसम्मको ढुवानी दर महंगो भएको भन्दै संस्थानले पुन नेपाल खाद्य संस्थान नेपालगञ्ज र सुर्खेतबाट ढुवानी दर माग्ने सोच बनाई रहेको छ । संस्थानले ढुवानी दर पठाउन संस्थानको मुगु शाखा कार्यालयलाई पत्र पठाएपछि माघ १५ गते बसेको जिल्ला खाद्य व्यवस्था समितिको बैठकले चालु आर्थिक वर्षमा खाद्य संस्थानले ढुवानी गरिरहेको दर रेट भन्दा पाँच रुपैयाँ कम गरेर पठाएको छ तर त्यहि पनि केन्द्रीय कार्यालयले मंहगो दर भनिरहेको छ हामी अचम्ममा परेका छौ , मल्लले भने ।
 अहिले सुर्खेत देखि मुगु सदरमुकामसम्म नेपाल खाद्य संस्थानको चामल प्रति केजी ३० रुपैयाँका दरले ढुवानी भईरहेको छ । चलन चल्ती ढुवानी दर भन्दा पाँच रुपैयाँ कम गरेर पठाउदा पनि संस्थानका महा निर्देशक शिवहरि श्रेष्ठले महंगो भयो , १९ रुपैयाँ प्रति केजी ढुवानी दर गर्दा राम्रो हुने भनिरहेका र राहत छिटो पठाउनु प¥यो भन्ने हाम्रो अनुरोधलाई वेवास्ता गरेर श्रेष्ठ राजधानी बाहिर घुम्न गएका छन विहिबार खाद्य संस्थानको केन्द्रीय कार्यालयमा भेटिएका राजबहादुर मल्लले भने ।
आपुर्ति तथा बाणिज्य मन्त्रालय हुँदै अर्थ मन्त्रालयबाट संस्थानमा आएको एक करोड पच्चिस लाख रकमले असिना पिडीतका लागि तीन हजार क्वीन्टल खाद्यन्न मुगु पुग्छ । चालु आर्थिक वर्षमा सुर्खेत देखि गमगढीसम्म प्रति केजी ३० रुपैयाँमा ढुवानी भईरहेको अवस्थामा असिना पिडीतका लागि पठाउन लागेको राहतमा जिल्लाले प्रति केजी २५ रुपैयाँ ढुवानी दर पठाएको छ । एउटै आर्थिक वर्षमा दुई दुईवटा ढुवानी दर रेट कायम हुन सक्दैनन ,त्यसैले अब संस्थानको सुर्खेत कार्यालय र नेपालगञ्ज कार्यालयबाट ढुवानी दर रेट माग्छौ नेपाल खाद्य संस्थान केन्द्रीय कार्यालयका निमित्त नायब महा प्रबन्धक पवनकुमार कार्कीले भने ।
सुर्खेत वा नेपालगञ्जबाट असिना पिडीतका लागि राहत खाद्यन्न जान्छ , सुर्खेतबाट ढुवानी दर रेट आउनु पर्ने हो त्यो आएको छैन त्यसैले वैकल्पिक व्यवस्था कसरी गर्ने भन्ने कुरा सोचिरहेका छौ । टेण्डर गरौं भने तीस दिन लाग्छ, जिएम सर आउनु भए पछि हामी निर्णय गर्छौ कार्कीले भने । तीस रुपैयाँ प्रति केजी खाद्यन्न ढुवानी भईरहेको अवस्थामा जिल्लाले २५ रुपैयाँ ढुवानी दर कायम गरेर पठाएको प्रसंगमा कार्कीले केही बोलेनन तर उनले महा निर्देशक शिवहरि श्रेष्ठ काठमाण्डौ बाहिर रहेकाले राहत कसरी पठाउने भन्ने विषयमा निर्णय गर्न निकै गाह्रो परिरहेको बताए । अब उहाँ आईतबार आउनु हुन्छ ,यो विषयमा के गर्ने भन्ने विषयमा निष्कर्ष आउछ कार्कीको जवाफ थियो ।
 कृषि तथा सहकारी मन्त्रालयले दिने भनेको दुई करोड रकमको समेत निकासा भएको छैन । प्रधानमन्त्री राहत कोषबाट गएको २५ लाख जिल्ला स्तरमा संकलन भएको दुई लाख पचास हजार रुपैया मात्र असिना पिडीतले तिन महिना पछि पाएका छन । तर यति राहतले पिडीतलाई एक छाक पनि पुग्दैन , माथीबाट आउने राहतको आश गरेका थियौं , अहिलेसम्म आएन , अलिकति भए पनि हामीसंग जम्मा भएको २७ लाख पचास हजार राहत वितरण गरिसकेका छौं ,जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद भट्टराईले बताए ।
 गएको कार्तिक ८ गते परेको असिनाले श्रीनगर, कार्कीवाडा, सेरी, श्रीकोट, गम्था, कोटडाँडा लगायतका गाविसमा पाकेको धान, कोदा, सिमी फापर बाली नष्ट गरेको थियो । जिल्ला कृषि विकास कार्यालयले दुई हजार ६ सय घर परिवारको १३ करोड बढिको अन्नबाली  क्षति भएको बताएको थियो ।

, , ,

1 comments

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

बिचार लेख्नुहोस्..