भुकुम्पले जिल्ला भर नै त्रास


मुगु न्युज डटकम---------
बैशाख १३ मुगु--------------------------
शनिवार दिउसो गएको भुकुम्पले राजधानी लगाएत देशका विभिन्न जिल्लामा ठुलो धनजनको क्षती गरे पछि अहिले जिल्ला भरमा त्रास छाएको छ ।
आईतवार अपरान्ह तिर  भुकुम्पको सामान्य झट्का आएको थियो । भुकुम्पको झट्का आउदा सदरमुकाम गमगढी बजारका होटल ,पसल, कार्यालय भित्र रहेका सबै मान्छे दौडेर सडकमा निस्किएका थिए । शनिवार दिउसो आएको भुकुम्पले ठुलो धनजनको क्षति भएको भन्ने समाचार आएपछि सदरमुकाम गमगढीमा दिनभर त्रास रह्यो भने राती कुनै पनि वेला भुकुम्प आउन सक्ने सुचना आएपछि धेरैजसो मान्छेहरु खाली चौर, विद्यालयका खेल मैदानमा जम्मा भएका थिए ।
 आउन सक्ने सम्भावित विपदबाट जोगिनका लागि सजग रहन जिल्ला प्रशासन कार्यालयले सर्वसाधरण सबैलाई अनुरोध गरेको छ । आईतवार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला दैवी प्रकोप उद्धार समितीले कुनै पनि बेला आउन सक्ने भुकुम्प र हुन सक्ने धनजनको क्षतिलाई कम गर्न तथा उद्धारका लागि तयार रहन सबैलाई अनुरोध गरेको छ । समितिको बैठकले जिल्लाभर रहेका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी नरहेको गुनासो आईरहेकाले तत्काल ति स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई कार्य क्षेत्र पठाउन निर्देशन दिएको र जिल्ला स्थित सरकारी कार्यालयका कुनै पनि कर्मचारीलाई जिल्ला नछोड्न समेत निर्देशन दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । जिल्लाका कुनै पनि क्षेत्रमा भुकुम्प जान सक्ने र हुन सक्ने क्षति तथा उद्धारका लागि नेपाल रेडक्रस, नेपाल प्रहरी, नेपाली सेना तथा दैवी प्रकोप सम्बन्धि काम गर्ने सरकारी तथा गैर सरकारी कार्यालयलाई तयारी रहन भनिएको छ । जिल्लाका २४ गाविस मध्य एक दर्जन बढि गाविस भुकुम्पको उच्च जोखिममा रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।
आईतवार दिउसो देखि सदरमुकाम गमगढी बजारमा भुकुम्पबाट जोगिन सुरक्षित स्थानमा बस्न माईकबाट अनुरोध गरिरहेको छ भने जिल्लामा रहेका स्थानीय रेडियोहरुले पनि शनिबार बेलुकी देखि नै भुकुम्प आउन सक्ने भन्दै सर्व साधरणलाई सचेत रहन सन्देश प्रशारण गरिरहेका छन ।

, ,

0 comments

बिचार लेख्नुहोस्..