मुगुमा राहत संकलन कार्य सुरु


मुगु न्युज डट कम----------------
बैशाख १७ मुगु---------------
 बैशाख १२ गते दिउसो गएको भुकुम्पका कारण राजधानी लगायत देशका विभिन्न क्षेत्रमा भएको ठुलो धनजनको क्षेती पश्चात पिडीतका लागि मुगु सदरमुकाम गमगढीमा पनि राहत संकलन सुरु भएको छ ।
 जिल्लाका सम्पुर्ण राजनीतिक दलहरु , नागरिक समाज, सञ्चार कर्मी र सर्व साधरणले एकिकृत रुपमा सदरमुकाम गमगढीमा विहिवार देखि राहत संकलन सुरु गरेका हुन ।  बिहिबार मात्र गमगढी बजारमा ४७ हजार बढि राहत संकलन भएको राहत संकलनको नेतृत्व गरिरहेका पुर्व शिक्षा राज्य मन्त्री हस्तबहादुर मल्लले जानकारी दिए । बजारमा तिन दिनसम्म राहत संकलन गरि जम्मा भएको रकम प्रधान मन्त्री राहत कोषमा पठाईने उनले बताए । भुकुम्प पिडीतका लागि जिल्लामा कार्यरत सरकारी कर्मचारीहरुबाट प्रथम श्रेणीका कर्मचारीबाट १५ दिन, दोस्रो श्रेणीका कर्मचारीबाट दश दिन र अन्यबाट पाँच दिन बराबरको पारिश्रमिक राहत कोषमा पठाउने परिपत्र गृह मन्त्रालयबाट प्राप्त भएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।
 १२ गतेको भुकुम्पमा परि मुगुका दुई जनाको ज्यान गएको अनौपचारिक जानकारी मात्र आएको तर औपचारिक रुपमा कुनै जानकारी नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रोजगारीका लागि विदेश जान तयारी गर्न काठमाण्डौ गएका कार्कीवाडा गाविस वडा नम्बर ६ का ३० वर्षका राम नारायण भामको बालाजुको एक होटेल भत्किदा ज्यान गएको आफन्तले बताएका छन । बुधबार काठमाण्डौमा नेपाल रेडक्रस सोसाईटी मुगुका उप सभापति जंगबहादुर शाही र मुगुका सभासद मोहन बाँनिया लगायत काठमाण्डौमा उपलब्ध मुगुका स्थानीयले मृतकको शव बुझि दाहसंस्कार गरेको बताईएको छ ।


, , ,

0 comments

बिचार लेख्नुहोस्..