फर्जि घर धुरी खडा गरि गाविसको रकम अनियमितता
पदम बहादुर शाही-
मुगु न्युज डट कम,
मुगु,असार २७,
जिमा गाविसमा रहेका वास्तविक घर धुरी भन्दा फर्जि घरधुरी खडा गरि गाविसको लाखौ रकम अनियमितता गरेको पाईएको छ ।
जिमा गाविस भरिमा पाँच सय घरधुरी रहेको देखाईए पनि वास्तविक घरधुरी भने पाँच सय नभएको देखिएको छ । गाविसको वडा नम्बर ८ र ९ सोरुकोटमा मात्र २२ घर धुरी फर्जि देखिएका छन । द
दुवै वडामा गरि ६४ घर धुरी रहे पनि ८६ घर धुरी कायम गरिएको पाईएको छ । यि वडाको घर धुरी हेर्दा अन्य सात वटा वडाहरुमा धेरै फर्जि घरधुरी कायम भएको हुन सक्ने स्थानीयवासीको आशंका रहेको छ । चालु आर्थिक वर्षमा कर्णाली रोजगारको रकम प्रति घरधुरी २ हजार ३ सय बढी निकासा आएको भए पनि जिमा गाविसमा प्रति घर धुरी १८ सय देखि २१ सय मात्र भुकतानी दिईएको पाईएको छ । सदरमुकाम आसपासका गाविसले प्रति घरधुरी २३ सयका दरले रकम वितरण गरेको पाईए पनि जिमा गाविसले २१ सय सम्म मात्र भुक्तानी दिएको छ ।
तिन वर्ष देखि जिमा गाविसका स्थानीयवासीले गाविसमा आएको वास्तविक निकासाको रकम नपाएको गाविसका कर्मचारी बृख बहादुर कार्कीले बताएकाछन ।
मुगुमा स्थानीय निकायमा बढी अनियमितता भएका समाचार बढि आएको भन्दै स्थानीय विकास मन्त्रालयले जिल्ला विकास समिति मुगुलाई वास्तविकता पहिचान तथा अनियमितता रोक्न समेत परिपत्र गरिसकेको छ ।

2 comments
बिचार लेख्नुहोस्..
July 11, 2013 at 5:49 AM
jkdfashfjkah
July 11, 2013 at 5:50 AM
Wel-come in mugunews for your visited