फ्लोअप- शल्यक्रिया गरिएका बालकको मृत्यु

मुगु न्युज डट कम,
असार २७,
     पन्ध्र शैयाको जिल्ला अस्पताल मुगुमा स्थापनाको दश वर्ष पछि शल्यक्रिया सेवा सुरु भए पनि शल्यक्रिया गरिएका एक बालकको मृत्यु भएको छ ।
       
       जिल्लाको करान भेकमा पर्ने पुलु गाविस वडानम्बर ५ का टुल्डोक लामाका तिन वर्षीया छोरा छिरिङ लामाकोमंगलवार दिउसो२ बजे आन्द्राको  शल्यक्रिया गरिएको थियो । जिल्ला अस्पताल मुगुमा स्वयमसेवीका रुपमा काम गर्दै आएका फिलोपेनी चिकित्सक डाक्टर रेबेका म्यारी ईईगेल्ड्युनेतृत्वको स्वास्थ्यकर्मिको टोलीले पहिलो पटक शल्यक्रिया गर्न सफल पनि बालकको ज्यान भने बचाउन असफल सकेन ।
उनिहरुलेनेपाल मेडिकल काउन्सील बाट प्रसुति शल्यक्रियाका लागि अनुमति लिएका भए पनि आन्द्रामा गम्भिर समस्या देखिएका बालकको शल्यधिक्रया गरे पनि बुधवार साँझ बालकको मृत्यु भएको हो ।
 बालकको अवस्था गम्भिर रहेकोर अभिभावकलेअन्यत्र लिनका लागि मौसम प्रतिकुल रहेकाले पनि बालकको ज्यान जोगाउने अन्तिम प्रयासका रुपमा शल्यक्रिया गरिएकोजिल्ला स्वास्थ्य कार्यालय  मुगुका प्रमुख विर्ष बहादुर शाहीले बताए । अभिभावकलाई अन्यत्र लैजान भने पनि अभिभावक तयार नभएकाले शल्यक्रिया गर्नु परेको जिल्ला अस्पतालको भनाई रहेको छ । अस्पतालले नेपालगञ्ज तर्फ उपचारका लागि लिन भने पनि बर्षाका कारण जुम्ला, बाजुरा र मुगुमा समेत हवाई सेवा बन्द रहेको र कर्णाली राज मार्ग अबरुद्ध भएकाले लिन नसकिएको बालकका बुवा टुल्डोकले बताए ।
 जिल्लामा रक्त सञ्चार केन्द्रमा रगतको समस्या, विद्युत आपुर्ति, औषधी उपकरण तथा दक्ष जनशक्तिको अभाव र फोहोर व्यवस्थापनको समस्याले जिल्ला अस्पतालमा पुग्ने विरामी झन विरामी पर्ने गरेका छन ।

,

1 comments

Sad news, hope very soon there will be external support in hospital for infra and other, so that, nobody will passed way without primary and secondary care in hospital.

बिचार लेख्नुहोस्..