तिब्बती सिमामा हाटबजारको चहल पहल सुरु

मुगुन्यज डट कम मुगु १६ साउन, मुगुको पुर्वि भेकमा पर्ने मुगु गाविस र चिनको स्वशासित क्षेत्र तिब्बतसंग जोडिएको क्षेत्र नाक्चे लाग्नामा लाग्ने विस दिने हाट बजारमा व्यापार का लागि जाने क्रम सुरु भएको छ । प्रत्येक वर्षको श्रावण १२ गते तिब्बतबाट चिनियाँ भाषामा लेखेको एउटा ढुंगा बोकेर हाट लाग्ने ठाउँबाट तिब्बती मुगु गाउँ आउने र मुगु गाउँ मा व्यापार, मुल्यका विषयमा छलफल गरि मुगु गाउँका केहि जानमान सहित नाक्चे लाग्ना पुगेर श्रावण १५ गते देखि २० दिनसम्मका लागि व्यापार नाका खुलि हाट लाग्ने गर्दछ । यस वर्ष हाट लाग्ने स्थानमा चिनले सतरी कोठे भवन समेत निर्माण गरिसकेको छ । विषेश गरेर जिल्लाको पुर्वि भेकका पाँच वटा गाविसका स्थानीयवासीहरु यो वेला , घोडा, चौरी ,याक, झोवा लिएर तिब्बति सामान लिन जाने गर्दछन । उनिहरुको मुख्य पेशा व्यापार भएकाले जेठ असारमा संकलन गरिएको यार्सा विक्रि गर्ने र केहि नेपाली सामान जुता, घडि, रेडियो लिएर बेच विखन गर्ने र त्यसबाट भएको आम्दानीले मुख्य गरि चिनियाँ मदिरा, चिया पत्ति, घिउ, चामल ,मैदा , भेडा र अन्य पेय पदार्थ किनेर फर्किने गर्दछन । सिमा जोडिएको गाउँ मुगुमा प्रहरी चौकि रहेको भए पनि व्यवस्थित भञ्सार कार्यालय , जनशक्ति नहुँदा वर्षेनी करोड औ रजश्व चुहावट हुने गरेको छ । पटक पटक सिमामा सशस्त्र प्रहरी राख्नु पर्ने आवाज उठे पनि सरकारले चासो नदेखाएको स्थानीय राजनितिक दलको भनाई छ । तिब्बत बाट वर्षेनी करोड औ को मदिरा अबैध रुपमा आयात भई जिल्ला भित्र र छिमेकि जिल्ला जुम्ला, बाजुरा र मुगुसंग जोडिएका हुम्लाका केहि गाविसमा समेत पुग्ने गरेकोछ । सिमा क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई , व्यवस्थित भन्सार तथा राजश्व असुली हुने हो भने वार्षिक करोड औ राजश्व असुली हुन सक्छ । यो पटक सिमा क्षेत्र का मुगु र डोल्फु गाविसका पाटन क्षेत्रमा यार्सा संकलनबाट मात्र जिल्ला वासीले ४५ करोड आम्दानी गरेका छन । भारत संगको जस्तो खुल्ला ब्यपार आवत जावतका लागी चिन र यसका स्वशासित क्षेत्र संग नभएको भए पनि जिल्ला प्रशासन कार्यलय बाट सिमामा प्रबेश पास लिएर बर्षेनी दैनिक उपभोग्य वस्तुलिनका लागी र जेठको पहिलो साता बाट संकलन गरिएको यार्सा गुम्बा बिक्री गर्न जाने गरेका छन ।

1 comments

यसपाली ब्यपार १० दिन लागेको छ भने त्यस स्थानमा भवन निमार्णधिन छ खानेपानीको समस्या देखिन्छ लामो समय हाट लाग्ने उक्त स्थानमा चर्पी नभएका कारण झाडापखाला तथा माहामारी हुने समस्या छ । भ्रमण गरी फर्कने चुडा पहाडी

बिचार लेख्नुहोस्..