वर्षाका कारण घर भत्किदा एक जनाको मृत्यु

मुगु न्युज डट कम
श्रावण ९, मुगु
 अविरल वर्षाकारण एक घर भत्किदा किम्रि गाविसमा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएकोउद्धारमा गएको प्रहरिले जनाएको छ ।
जिल्लाकोपुर्वि भेकमा पर्ने किम्रि गाविस वडा नम्बर ४ कार्ति गाउँ निवासी छेवागं तोर्चे लामाको घर भत्किदा लामाकि ५१ वर्षिया श्रीमति साँग्मु लामाको मृत्यु भएको छ भने ८५ वर्षिया तोर्चे कि आमा सोनाम लामा  घाईते भएको पुलु प्रहरी चौकि बाट उद्धारका लागि खटिई गएको प्रहरी  टोली प्रमुख  तथा  चौकि  ईन्चार्ज बलविर रावरले जानकारी दिए ।
 बुधवार विहान १० बजे घर भत्किदा घरमा रहेको अन्नपात  भाँडा कुडा सवै नष्ट भएको छ । थप उद्धारका लागि जिल्लाबाट पनि प्रहरीको टोली घटना स्थल तर्फ गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घटना स्थल सदरमुकाम देखि  दुई  दिन  पैदल  दुरीमा रहेको छ ।
  केहि दिन अगाडी सोरु भेकको भिई गाविसमा घर भत्किदा ६ घर परिवार विस्थापित भएका थिए भने उनिहरु राहतका लागि अहिलेसम्म नआएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।

1 comments

उनीहरुलाई तत्तकाल केहि सहयोग गर्नु पर्ने देखिन्छ । सहास नेपाल वाट किम्रीका लागी रु ३ हजारको खाद्यन्न सहयोग गर्न सकिन्छ तर सूचना कसरी दिने ? गमगडी आउने वाताबरण सबै मिलेर तयार पारौ आज परेको दुखलाई आफ्नै सम्झेर सबैले सहयोग गरौ

बिचार लेख्नुहोस्..